सितामैंया वल्डबुकअफ रेकर्ड मा सुचिकृत

नेपाली संगीतमा सितारबादनमा आफ्नो वेग्लै पहिचान बनाउन सफल सितामैंया राजचलले आफुलाई विश्वकै पहिलो उभिएर सितार बजाउने महिला बनाउन सफल भएकी छिन् ।

निक्कै लामो समयदेखि नेपाल तथा बिदेशमा पनि उभिएर सितार बजाएर आफ्नो कन्सर्ट दिदै आएकी सिताको कामको कदर गर्दै आज एक समारोह बिच संस्कृतिकर्मी सत्यमोहन जोशीको हातबाट उनलाई वल्ड रेकर्डको प्रमाणपत्र प्रदान गरियो । समारोहमा उपस्थित धेरै संगीतकर्मीहरुले सिताको कामको कदर भएकाले तारिफ गरेका थिए ।सिता पनि उत्साहित देखिएकी थिईन ।