राजेशपायलको ‘दर्शन नमस्ते’को चौथो सिरीज सार्वजनिक


लोकप्रिय अनि भर्षटायल गायक राजेश पायल राईले एक भव्य समारोह बिच आफ्नो नयॉ एल्बम सार्वजनिक गरेका छन् । दर्शन नमस्ते श्रृंखला अन्तर्गत यो चौथो भाग हो भने समग्रमा १९ औ एल्बम । संस्कृतिकर्मी तथा नेपाली नृत्य, संगीत र नाटकको क्षेत्रमा बिशेष योगदान दिएका भैरव बहादुर थापाको हातबाट बिमोचित यो एल्बममा सातवटा उत्कृष्ठ गीतहरु समावेश छन् ।

गायनमा सधै अब्बल रहदै आएका राजेशले यो एल्बममा पनि आफुलाई बिशेष रुपमा प्रस्तुत गरेका छन् ।उनका समकालीनहरु अल्बम निकाल्न डराई रहेको अवस्थामा यसरी एल्बम निकाल्न अधि सर्नु आफैमा पनि साहसिक काम त थियो नै ।अझ त्यसमा पनि नयॉ गीतकार र संगीतकारको सहभागितामा एल्बम तयार पार्नु पनि चानचुने कुरो होईन ।

साप्ताहिकको प्रस्तुती रहेको एल्बम ‘दर्शन नमस्ते–४’मा सात वटा गीत समावेश छन् । जसमा टाइटल गीत नै तीन वटा रहेका छन् । अन्य मोहनी, केकी, तिमी विना र यी दुःखहरु बोलका गीत रहेका छन् । यी सबै गीत ओठमा झण्डिने खालका रहेका छन् ।

एल्बमका गीतहरुमा शब्दरचना क्रमश उत्तमजंग लिम्बू, डम्बर नेपाली, महेश खड्का, भद्रकला आङ्बुहाङ राई, विशाल हसिन राई, बसन्त सापकोटा र टिका चाम्लिङको रहेको छ । जसमा उत्तमजंग लिम्बू, डम्बर नेपाली, महेश खड्का, बादल लिम्बू, सन्तोषराज, महाराज थापा र अम्बर गुरुङको संगीत रहेको छ । कार्यक्रममा राजेशपायलले एल्बममा समाविष्ट दर्शन नमस्ते टाइटलका दुई गीत प्रस्तुत गरेका थिए