अल्कोहलिक लभमा गायक सितारामसंग गायिका र नायिका रम्दै

नेपाली गायनमा ३० वर्षदेखि क्रियाशील गायक सिताराम पोखरेल अहिले फेरि नयॉ गीत ‘अल्कोहलिक लभ ‘ श्रोताहरु माँझ लिएर आएका छन् । राहुल प्रधानको संगीतमा बनेको यो गीतमा ललिता कुँवरको शब्द रचना छ ।

गायनमा गायिका मिना पोखरेलको साथ छ । शब्दशिल्प र संगीत युवा पुस्तालाई लक्षित गरेर बनाईए पनि गीतको मर्म चाहि सबै बर्ग र तहलाई हुने गरि बनाईएको देखिन्छ । राहुलको संगीत संयोजन तारिफ योग्य छ । सिताराम र मिना सुहाउदो लय बनाउन सक्नु प्रशंसा योग्य काम हो । गायनमा पनि यो जोडी खुलेको छ ।

यो गीतको भिडियो पनि गज्जबको बनेको छ । नायिका प्रियंका कार्की र बिनोद न्यौपानेको अभिनय नृत्य तारिफ योग्य छ ।निर्देशक सुब्रत आचार्यले मिठो भिडियो बनाउन सफल भएका छन् । आफ्ना हरेक म्युजिक भिडियोलाई कुनै न कुनै रुपमा आकर्षक रुपमा प्रस्तुत गर्दै आएका गायक सितारामले यसको निरन्तरता यसमा पनि दिएका छन् । भिडियोमा नायिकाहरुलाई अभिनय गराउने चलन यसमा पनि दोहोरिएको छ । सितारामको भिडियो भन्ने बित्तिकै कि त नायिका कि त नेपाल सुन्दरी भन्ने कथन नै प्रचलित भैसक्यो संगीतवृतमा ।
https://youtu.be/B6K9idvBz6Y