सिर्जना र बिक्रमको युगल स्वरमा “कान्छी तिमीलाई”

सिर्जना र बिक्रमको युगल स्वरमा कान्छी तिमीलाई दुइ दशकदेखि नेपाली संगीतमा क्रियाशील संगीतकार तथा गायक बिक्रम थापा र बिगत ५ वर्षदेखि गायनमा निकै संक्रियतापुर्वक लागिपर्दै आएकी गायिका सिर्जना केसीको युगल स्वरमा ‘ कान्छी तिमीलाई ‘ बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।

प्रवीण कुमार अधिकारीको शब्द रहेको यो गीतमा संगीत बिक्रम थापाको र संगीत संयोजन बिशन मानन्धरको रहेको छ ।गीत राम्रो तथा रोमान्टिक भावमा बनेको छ । सबैकुरा चिटिक्क मिलेकाले राम्रो सुनिएको छ । साईमन अधिकारी , कुल अधिकारी,क्लाउडी , समन्ता न्यौपानेको अभिनय रहेको यो भिडियोवाई प्रबिण कुमार अधिकारीले निर्देशन गरेका छन् । दिपक गीरीको छायॉकंन रहेको भिडियोमा अमित चापागाईको संपादन रहेको छ ।