संगीतकार राजिव शाह म्युजिक भिडियो निर्दे़शनमा

बिगत २५ वर्षदेखि नेपाली संगीतमा कहिले रेकर्डिष्ट , कहिले साउण्ड इन्जीनियर , कहिले संगीत संयोजक त कहिले संगीतकारको भुमिकामा देखापरेर नेपाली गीत संगीतको अटुट सेवामा क्रियाशिल संगीतकर्मी राजिव शाह फेरि एकपटक नयॉ अवतारमा देखापरेका छन् ।अहिले उनी म्युजिक भिडियो निर्देशकको रुपमा झुल्केका छन् ।

पहिलोपटक हिन्दी मैथिली भाषामा बनाईएको गीत ‘तुमको जो दिखा पहेली बार ‘ मा निर्देशन गरेर नेपाली संगीतमा केहि नौलो काम गर्ने प्रयास गरेका छन् ।आफ्नै संगीत र संगीत संयोजनमा बनेको यो गीतमा राजिबले सरोज मण्डलको शब्द लिएका छन् । गायनमा योगेशकाजी र अन्जु यादबको स्वर छ । योगेशले आफुलाई यो गीतमा पनि फिट देखाएका छन् । नेपाली गीतमा मात्र होईन अन्य भाषाका गीतमा पनि आफु कमजोर नरहेको जनाउ उनले दिएका छन् । गायिकाले पनि आफ्नो दमदार प्रस्तुति दिएकी छिन् ।

म्युजिक भिडियो पनि आकर्षक बनेको छ । राजाराम शाह र सरु अधिकारीको अभिनय तथा नृत्य रहेको यो गीतमा दिनेश ठाकुर र श्याम सिंह ले कोरियोग्राफ़ी गरेका छन् भने नगेन थिंगमेल धिमालले आकर्षक तरिकाले ड्रोन चलाएका छन् । यज्ञ पराजुली र जय कामतले छायांकन रहेको यो भिडियोमा राजिव नयॉ निर्देशक प्रतित हुदैनन । गीत राम्रो बनेको छ ।