आनन्द कार्कीको स्वरमा नयॉ गजल “चुपचाप छौ” सार्वजनिक

गीतकार सुदन डोटेलको रचना संगीतकार सरोज प्याकुरेलको संगीत र गायक आनन्द कार्कीको स्वरमा एउटा गहकिलो गजल सार्वजनिक भएको छ । मनोहर सुनामको संगीत संयोजन रहेको यो गजल निकै मिठो छ । राम्रो भावभुमिमा तयार पारिएको यसको लेखन संगीत र गायन पाटो ससक्त भएकाले श्रोताले रुचाउने संभाबना देखिन्छ ।

यो गजलको भिडियो पनि तारिफ योग्य छ । श्रीदेव भट्टराई र सारिका घिमिरेको अभिनय रहेको यो भिडियोलाई सुरेश राउतको संपादन , सुरेन्द्र श्रेष्ठको छायॉकंन गरेका छन् ।भिडियो निर्देशनमा चाहि संगीतकार सरोजकै निर्देशन छ । भिडियो निर्देशनमा यो उनको पहिलो पाईला भए पनि कोहि भन्दा कमजोर छैनन । राम्रो शिल्प देखाएका छन् । आज एक समारोह बिच यि तिन सर्जकको गजल तथा भिडियो संगीतकार शक्ती बल्लभको प्रमुख आतिथ्यमा सार्बजनिक गरिएको थियो । चुपचाप छौ तिमी बोलको यो गजल सबै कोणबाट उत्तम छ ।