टेवल टेनिस खेलाडी स्वेच्छा गहना व्यवसायमा

टेवल टेनिस खेलाडी स्वेच्छा नेम्माङले सिनामंगलमा आफ्नो गहना स्वरुम आजबाट शुभारम्भ गरेकी छिन् । निकै लामो समयदेखि टेवल टेनिस खेलमा संक्रिय रहदै आएकी स्वेच्छाले आफ्नो व्यवसायिक जीवन प्रारम्भ चार वर्ष अधि नै गहना व्यवसाय रोजेर गरेकी थिईन ।पुरानो बानेश्वरमा संचालित शुभारम्भ ज्वेलर्सकै शाखा बिस्तार स्वरुप सिनामंगलमा पनि सो कारोबार गर्न नयॉ स्वरुम बनाएकी हुन्।

बिस्तारित शाखामा गहना बनाउने मात्र होईन बनाउने कारखाना पनि रहेको छ । अब खेलकुदमा संक्रिय रहदै व्यवसायमा पनि जम्ने उनको धारणा छ । उनी भन्छिन्-“सानै वेलाबाट गहनाप्रति रुची रहेको थियो अव यहि क्षेत्रमा करियर बनाउने निष्कर्षमा  पुगेकी छु ।” खेलबाट नाम कमाउन सकिए पनि दाम कमाउन व्यवसाय नै गर्नु पर्ने महसुस गरेर अधि बढ्ने अन्य खेलाडीहरुको हुलमा स्वेच्छा पनि सामेल बनेकी छिन् ।

आज एक समारोह बिच आफ्नै खेल गुरु बिनोद शाक्य र छोरी दिव्य श्री नेम्माङको हातबाट नयॉ स्वरुमको उदघाटन गराएकी थिईन । न्यु सौभाग्य ज्वेलर्स नामबाट संचालनमा आएको यो स्वरुममा नयॉ तथा पुराना डिडाईनको साथमा आधुनिक गर- गहना पनि बनाउने सुबिधा उपलब्ध छ ।स्वरुम शुभारम्भ कार्यक्रममा उनलाई हौसला बढाउन खेलप्रमी, संचारकर्मी र उनका आफन्तहरु उपस्थित थिए ।