चलचित्र मारुनीको दोस्रो गीत “सक्दिन म बाच्न” रिलिज

भदौ १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र मारुनीको दोस्रो गीत रिलिज भएको छ । आज युट्युभबाट रिलिज गरिएको “सक्दिन म बाच्न तिमी बिना ” बोलको गीतमा अर्जुन पोखरेलको संगीत छ भने सुरेश वाग्लेको शब्द । मेलिना राईको स्वर रहेको गीत निकै रोमान्टिक छ ।

 

पूनम इन्टरटेन्मेन्टको ब्यानरमा पूनम गौतमले निर्माण गरेको यो चलचित्रलाई नवल नेपालले निर्देशन गरेका छन् । राजा प्रधान, दर्शना केसी, मिना क्षेत्री चलचित्रका सह–निर्माता हुन् । पुष्प खड्का , साम्राज्ञी राज्यलक्ष्मी शाह,रेविका गुरुंगको मुख्य भुमिका रहेको यो चलचित्र संजय लामाले छायांकन गरेका हुन् । चलचित्र प्रति दर्शक निकै उत्साहित छन् ।