बुनुको नयॉ गीत शिवको साथमा

५० को दशकमा नै गायनमा देखापरेकी गायिका बुनु श्रेष्ठले नयॉ गीत सार्वजनिक गरेकी छिन् । बिभिन्न प्रकारका गीत गाएर आंफ्नो गायनलाई निरन्तरता दिदै आएकी बुनुले यसपटक पनि भिन्न प्रकृतिको गीत लिएर आएकी छिन् । राम्रो कथा उनेर गीत र भिडियो बनाएकी छिन्। गीतमा शब्द कृष्ण भारद्वाज र संगीत नेत्र काफ्लेको छ ।शिब र बुनुले पनि दिल खोलेर गाएको देखिन्छ ।

ठट्यौली पारामा बनाएको यो गीतमा गज्जबले कम्बर मर्काउन सकिन्छ ।अन्जली अधिकारी , गम्भिर बिष्ट र सुरेन्द्र बसेलको साथमा निक्कै ठुलो कोरसले गीतमा काम गरेको देखिन्छ । नबराज उप्रेतीको छांयाकन ,नबिन निरौलाको संपादन रहेको यो गीतमा गम्भिर बिष्टको निर्देशन तथा कोरियोग्राफ़ी रहेको छ । ‘लान्छौ भने लैजाउ है मागेर घरमा कुरा चल्या छ बिहेको’ बोलको गीतलाई सटकट गरेर ‘तिमी वके’ बनाएर आफ्नै युट्युभ च्यानल साउण्ड मिल मा अपलोड गरिंएको यो गीतमा मिक्सिंग मास्टरिंग महेश्वरमान राजभण्डारीको रहेको छ ।जिवन बडूको संगीत संयोजन पनि तारिफ योग्य छ।