मेचु फेरि जुर्मुराईन आफ्नै शब्द संगीतमा

मिठो स्वर र गायन कलाले भरिपुर्ण गायिका मेचु धिमाल नेपाली गायनमा अहिले आफ्नै शब्द र संगीतमा गीत लिएर देखापरेकी छिन् । ” हेर न हेर ” बोलबाट सार्वजनिक यो गीतमा गोपाल रसाईलीको संगीत संयोजन छ । गीटारवेसमा सॉगीत संयोजन गरिएको यो गीत मिठो छ । रोमान्टिक मुड र परिवेशमा रमाउन यो गीतले राम्रो साथ दिन्छ ।

गीतको रिलिकल भिडियो पनि गायिका मेचुकै परिकल्पनामा बनेको छ । गीटार समाएर राम्रो फिलिंग्समा मेचुको प्रस्तुति यो गीतमा देख्न सकिन्छ । भिडियोलाई देवेन्द्र पुनले छायाँकन र सम्पादन गरेका हुन्। गीत मेचु धिमालको अफिसियल यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । म्युजिसियन स्टुडियोमा रेकर्ड भएको गीतलाई किशोर थापाले मिक्सिङ गरेका छन् ।

गायनमा संक्रिय हुदाहुदै गीतकार र संगीतकार पनि बन्न पुगेकी मेचु यो सबालमा भन्छिन् – संगीत कर्ममा होमिदै जादॉ यसो केहि नौलो गरौ न भन्ने सोच आयो । शब्द कोर्ने बानी पहिलेदेखि नै थियो । संगीत पनि बिस्तारै जान्दै गईयो । आफै गरौन भन्ने पनि लाग्दै गयो । अनि गरि पनि हाले ।अधि बढ्ने हौसला मिलेको छ ।भरिपुर्ण उर्जा मिलेको छ ।गाउने कर्म र छदैथियो । अब संगीत र लेखन पनि सुरु गरे दर्शक श्रोताको माया पाए भने निरन्तरता दिने छु ।”