गीतकार अमर वान्तु राईको दोस्रो गीतिसंग्रह “अमर भावना” सार्वजनिक

गीतकार अमर वान्तु राईको दोस्रो गीतिसंग्रह अमर भावना आज एक भब्य समारोह बिच सार्वजनिक भयो । सयौ संगीत अनुरागीहरुको उपस्थितीका बिच सम्पन्न समारोहमा उनको दोस्रो एव्बम बिमोचन गरिएको थियो ।सहिमा श्रेष्ठको स्वरमा रहेको गीतमा दिपक शर्मा र सन्तोष श्रेष्ठको संगीत रहेको छ । एउटा तिज र आर्को आधुनिक गीत रहेको यो एल्बममा संग्रहित गीतहरुले राम्रो मनोरन्जन दिने अपेक्षा गरिएको छ ।

समारोहमा गीतकार अमर र गायिका सहिमाको निकै राम्रो चर्चा भएको थियो ।एल्बममा समावेस दुबै गीतको भिडियो समेत देखाईएको थियो पबित्रा आचार्य निर्देशित तिजको गीत हरहर महादेव मा निता ढुंगाना र सहिमा श्रेष्ठको मिठो नृत्य हेर्न सकिन्छ भने आर्को गीतमा पुरै आधुनिक पन देखिन्छ । दुबै गीत मनोरन्जनको सबालमा पुर्णत उपयोगी देँखिन्छ।