तीजको उपलक्ष्यमा ज्येष्ठ आमाहरु र कलाकार सम्मानित

नेपाली नारीहरुको उल्लासमय सागीतिक पर्व तीजको उपलक्ष्यमा नेपाली कलाकारिताको उत्थान र विकासमा समर्पित दुइ संस्था भाईड एकेडेमी र राईजुम्बा डान्स सेन्टरको संयुक्त आयोजनामा ७० कटेका वृद्ध आमाहरु र नृत्यमा सहभागी हुदैआएका कलाकारहरुलाई कपनमा आयोजित एक कार्यक्रममा सम्मान गरिएको छ । बुढानिलकण्ठ नगरपालिका वडाप्रमुखको प्रमुख आतिथ्यमा सम्पन्न यो कार्यक्रममा १सय भन्दा बढि प्रशिक्षणार्थी कलाकारहरुले आफ्नो कला प्रस्तुत गरेका थिए । समारोहमा उपस्थित महिला तथा पुरुषहरुलाई दर पनि खुवाईएको थियो । समारोह सपापन गर्दै आयोजक प्रतिमा राई लिम्बुले भविष्यमा पनि यस्तो कार्यक्रमहरुको निरन्तरता दिने कुरा बताएकी थिईन ।