अन्जनाको गीतमा छोरी अपेक्षाको नृत्य

लामो समय अमेरिका प्रवासमा रहेकी लोकप्रिय गायिका अन्जना गुरुंग यसपटक तीज मनाउन स्वदेश आएकी छिन् । यसै मेसोमा एउटा मिठो तीज पनि आफ्नो एकल स्वरमा सार्वजनिक गरेकी छिन् ।’गाउ र शहर तीजको लहर’ बोलको यो गीतमा राजकुमार बगरको शब्द संगीत छ । कमल सौरागको संगीत संयोजन गरेको यो गीतमा अन्जनाले मिठो गला चलाएकी छिन् । निक्कै लामो समय पछि यसरी नेपाली गायनमा झुल्केकी अन्जनाको स्वरमा अझै पनि उहि पन र मिठास गएको छैन भन्ने कुरा यो गीतले प्रमाणित गरेको छ ।

स्मृति तिमल्सिनाको निर्देशन तथा कोरियोग्राफ़ीमा बनेको यो भिडियोमा अन्जनाकै छोरी अपेक्षा सिंहले सानदान नृत्य प्रस्तुत गरेकी छिन् । ठुलो कोरस नृत्यांगनाको बिचमा आमा छोरीको नृत्य मनमोहक छ । अभिनयात्मक नृत्यमा अन्जना खुलेकी छिन् । अपेक्षाले पनि दिल खोलेर आमाको गीतमा नाचेको देखिन्छ । सुरेश श्रेष्ठको सिनेमाटोग्राफी,प्रकाश धमलाको संपादन रहेको यो गीत सबैकोणबाट राम्रो बनेको देखिन्छ । नेपाली गायनमा निक्कै राम्रो संभाबना देखाएर प्रवास पुगेकी गायिका अन्जनाका श्रोताहरु यो गीत सुन्न पाएर एकदम हर्षित छन् । सपरिवार नेपाल आएकी अन्जना आरामले तीज मानेर अझ दुई चारवटा गीत श्रोतासामु पस्किएर मात्रै अमेरिका फर्किने मुडमा रहेको कुरा उनका श्रीमान् गायक , संगीतकार, गीतकार तथा पुर्व खेलाडी कन्हैया सिंहले जानकारी दिएका छन् ।