तीजको उपलक्ष्यमा रेस्लरहरुको महाभिडन्त

महिला रेस्लिंग फ़ाउण्डेशनले महान पर्व तीजको उपलक्ष्यमा आफ्नै प्रांगणमा महिला महाभिडन्त गराउदै छ । शनिबार दिनको २ वजे हुने यस भिडन्तमा पहिलो महिला रेस्लर भगवती खडका युनिका र भिमकाय शरीर भएकी सिर्जना कोजु, अस्मिता जुरेली , आकृती पुन, जमुना तामाङ र गीता जिरेल, तनु ठकुरी र शान्ता धामि बीच महाभिडन्तमा खेलाडीहरु सहभागी हुदैछन् ।

यसपटक खेल पनि महिला रेफ्रीबाट संचालन हुने भएको छ । सावित्री सुवेदीले खेल संचालन गर्ने छिन् । नेपाल महिला रेस्लिङ फाउण्डेशनले यस अघि विभिन्न अवसरमा रेस्लिङ प्रतियोगिताको आयोजना गर्दैै आईरहेको छ । रेस्लर मोडल तथा कलाकार अस्मिता जुरेलीको नृत्य तथा गायन प्रस्तुति पनि कार्यक्रम संगसंगै रहनेछ ।अध्यक्ष तथा मुख्य प्रशिक्षक भगवती खड्काले बताए अनुसार रेस्लरहरुले बिगत दुई महिनामा सिकेका कुरा भिडन्तमा देखाउने छन् । संघको प्रशिक्षणलाई अर्की रेस्लर तथा संघकै कोषाध्यक्ष अस्मिता सुनार जुरेलीले पनि टेवा दिदै आएकी छिन् ।