जिनिलिया अभिनित नयॉ भिडियो-‘यो मायाको सफ्टवयर’

आज मंगलबारको शुभसाईत पारेर मोडल जिनिलिया श्रेष्ठ अभिनित म्युजिक भिडियो रिलिज भएको छ । रमेश कुमार श्रेष्ठको स्वरमा रहेको यो गीतमा कृष्णकुमार राईको शब्द संगीत छ । राजु कार्कीको संगीत संयोजन रहेको यो गीतको भिडियोमा मिठो कथा बुनेर पुरै नृत्यात्मक बनाईएको छ । राईजिंग डान्स क्रियुका डान्सरहरुको राम्रो प्रस्तुति रहेको छ ।

‘यो मायाको सफ्टवयर’ बोलको  गीतमा जिनिलियालाई नाच्दै पछ्याउने पात्रको रुपमा मिथुन लामाले निकै राम्रो अभिनय र नृत्य देखाएका छन् । जेनीलियाले पनि निक्कै राम्रो नखराबाजीपुर्ण अभिनय देखाउन सफल भएकी छिन् । मिथुन लामाले निर्देशन तथा कोरियोग्राफ़ी रहेको यो भिडियोलाई आकर्षकढंगबाट छायॉकन गर्ने काम ज्ञानेन्द्र शर्माले गरेका छन् । भिडियो चित्ताकर्षक छ ।