लसताको मिठो सांगीतिक प्रस्तुति दर्शक श्रोता समक्ष

सांगीतिक दम्पति द्वारिकालाल जोशी र नगिना जोशीकी ज्येष्ठ सुपुत्री लसता जोशीकोले फेरि एउटा मिठो सांगीतिक प्रस्तुति दर्शक श्रोता समक्ष ल्याएकी छिन् ।अरुको कुरा सुन्दा सुन्दा दिक्क भएको भावभुमिमा शब्द रचना रहेको यो गीत मिठो छ । आफ्ना कुरा मात्र भन्ने अरुको कुरा नसुन्नेहरुका प्रवृत्तिलाई चिखो व्यंग्य गीतले प्रस्तुत गरेको छ ।

कुराहरु यस्तै हुन्छन् कति सुनौ म

उसको सुने ऊ नै खुशी अरुको सुने अर्कै

मेरो मनको कुरा जति सुन्ने छैन कोहि

यि सुन्दर र मर्मशिल शब्द पनि सांगीतिक दम्पती द्वारिका र नगिनाकै पुत्र सरद जोशीले कोरेका हुन् ।संगीत पनि उनकै छ । बाजा गाजाको हल्लाभन्दा पर गएर संगीत संयोजन भएको छ ।गीतको तालमेल मिलेकाले मिठो सुनिएको छ । भिडियोमा पनि अनाबश्यक कथा उनिएको छैन । गायिका आफ्नै सुन्दर पार्कमा उदास मुडमा टहलिएको भाव प्रस्तुत गरिएको छ । गीतको मर्म अनुसार यो सहि पनि छ ।
लसता गायनमा मुडी छिन् । राम्रो गाउछिन् । उनलाई अनावश्यक कुरा मनपर्दैन । गीतलाई कथित हिट बनाउने सवालमा गरिने बुस्टिंग उनलाई मनपर्दैन । बरु १० हजार भ्युज मात्रै होस् तर सहि भ्युअर्स आफ्नो गीतको होस् भन्ने चहाना उनको छ । आफ्नै युट्युभ च्यानलबाट आफ्ना गीतहरु सार्वजनिक गर्दै आईरहेकी छिन् ।