अभिनेत्री सिर्जनाको गर्भावस्था फोटो फिचर

अभिनेत्री सिर्जना सुब्बाले आफ्नो गर्भावस्थाको फोटो सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी छिन् । गोदावरीमा खिचिएको तस्विरमा प्रकृति र नारीको सम्बन्ध कत्ति नजिक हुन्छ भन्ने देखाउन खोजिएको उनको भनाइ छ ।यो अवसर महिलाले निश्चित उमेरमा मात्रै पाइन्छ, चाहेर पनि समयभन्दा न अघि न पछि पाइन्छ । प्रकृतिसँग फेसनको समायोजनमा आफ्नो अवस्था झल्काएकी हुन्। प्रकृतिले नारीलाई आमा बन्न पाउने अवसर दिएकोप्रति गर्व गर्दै विभिन्न पोजमा तस्बिर खिचिएको उनले बताइन्। भनिन्, ‘धेरैको मुखबाट सन्तान जन्माउनु परेका कारण आफू करियरमा पछि परेको सुन्ने गरेकी छु। तर, मलाई प्रकृतिले विभेद गर्छ जस्तो लाग्दैन। बरु यो नारीलाई दिएको अवसर हो। यो चाहेर आउने समय होइन। त्यसैले यो समयलाई उत्सवका रुपमा मनाउनुपर्छ।’

तस्वीर:अभिनास मास्के र क्लु जैन