भारतकी सुप्रसिद्ध गायिका लता मंगेशकर गम्भीर बिरामी परेकी छन् । मुम्बईको ब्रीच केन्डी अस्पतालमा आईसीयूमा राखेर उनको उपचार भइरहेको छ । ९० वर्षीया लता मंगेशकर आईसीयूमा छिन् र स्वास्थ्य गम्भीर छ ।छातिमा भाइरल इन्फेक्सनको समस्या देखिएपछि सोमबार दिउँसो उनलाई अस्पताल लगिएको थियो । लता मंगेशकरको तर्फबाट अनुशा श्रीनिवासनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ– लता मंगेशकरको उमेरको ख्याल राख्दै अस्पतालमा भर्ना गरिएको छ र स्वास्थ्य स्थिर छ ।
भारत रत्न, दादा साहब फाल्केजस्ता सम्मानबाट सम्मानित लता मंगेशकर भारतीय सिनेमा जगतको सर्वश्रेष्ठ गायिका मानिन्छिन् ।लताले नेपाली गीत समेत गाएकी छिन् । चलचित्र माईतीघरमा पनि उनको पार्श्व गायन छ । “आकाशका तिरमिरे तारा” बोलको गीतमा पनि उनको स्वर छ ।पछिल्लोपटक रामकृष्ण ढकालसंग युगल गायनमा “फुल भन्छ फुलिरहौ” गाए पछि नेपाली जनमानसमा अझ लोकप्रिय बनेकी थिईन ।