लसताको मयालु सन्देश

गायिका लसता जोशीले आफ्नो स्वरमा नयॉ गीत मायालु म सार्वजनिक गरेकी छिन् । राम बुढाथोकीको शब्द संगीत रहेको यो गीतमा लसताले मिठो स्वरमा आफ्नो मायालु मनको बारेमा बोलेकी छिन् ।

सफ्ट मेलोडीमा रहेकाले एकान्तमा बसेर सुन्दा आनन्द आउने खालको छ ।शरद जोशीको गिटार वर्क पनि यों गीतमा गज्जबको छ । चंगा व्यान्डले पनि कुनै समय गाएको यों गीतलाई लसताले फेरि गाएर आफ्नै अफिसियल युट्युभ च्यानलबाट सार्वजनिक गरेकी छिन् ।

संगीतमा निकै लामो समयदेखि क्रियाशील लसताले आफ्नो च्यानलमा आफ्नो लाईभ शो र अन्य भिडियोहरु पनि समेट्ने गरेकी छिन् । चर्चित स्टेज गायिका पनि भएकाले उनको लाईभ शो मन छुने हुन्छ ।