इ टिकेटिङ सिष्टम सुरु

उपत्यकामा संचालिच सिंगल थिएटरहरुमा ०७५ सालको शुरुवातसंगै बक्स अफिस प्रणाली इ टिकेटिङ सिष्टम लागु हुने भएको छ । मल्टीप्लेक सिनेमा घरहरुमा संचालित इ टिकेटिङ सिष्टमलाई पनि चलचित्र विकास बोर्डले आफ्नो डाटाहवमा जोड्दैछ । त्यसका लागि API प्रविधी अपडेटका लागि ब्रेन डिजिटले काम गरी रहेको छ ।

चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलद्धारा बैशाखको पहिलो साता देखि बक्स अफिस लागु गर्ने  पूर्वघोषित कार्यक्रम अनुरुप बैशाख १० गतेदेखि औपचारिक रुपमा शुरु गरिने भएको छ । जस अनुरुप चावहिल स्थीत गोपीकृष्ण मुभिजमा यसको पहिलो परिक्षण सम्पन्न भएको छ ।

गोपीकृष्णसंगै कोटेश्वर जडिबुटीस्थीत पुष्पाञ्जली, बौद्धस्थीत सिदार्थ र पृथ्वीसंगै कलंकी सिनेमा हलमा बैशाख १० गते देखि नै बक्स अफिस प्रणाली शुरु हुनेछ । जसका लागि ब्रेन डिजिटले सर्भर जडानको काम गरी रहेको छ ।

आर्थिक बर्ष २०७५/०७६ अर्थात श्रावण देखि पूर्णरुपमा देशभर नै बक्स अफिसअनिवार्य लागु हुने पौडेलको भनाई छ । उपत्यका बाहिरका सिनेमा हलहरुमा अहिले सर्भर जडानको काम भैरहेको बताईएको छ ।