साम्राज्ञीको चुलियो क्रेज

‘साम्राज्ञी’ अहिले चर्चामा छिन् । युवाहरु उनका फ्यान भएका छन् । उनका चलचित्रहरुको प्रतिक्षा गरिरहेका छन् । २४० वर्ष लामो शाह राजवंशको अन्त्यपछि महिलाको नाममा राज्यलक्ष्मी जोडिएको कमै सुनिन्छ । राजपरिवारका नाम र थरबाट यस्ता राजर्शी शब्द हराउँदै गएका छन् । जब राजधरानको झल्को दिने यहि शब्द जोडिएकी साम्राज्ञी ‘ड्रिम्स’ मा अनुबन्धित भएपछि उनको चर्चा चुलियो । लबज, लवाई सबैबाट राज खानदानकै भएको अडकल काटे । नभन्दै उनी राजखलककै रहिछन् ।
गोर्खा हुदै नेपाल एकिकरण गरेर काठमाडौमा शासन गर्ने राजाका पंक्तिमा श्रीपेच नलगाएका एक राजाको तस्वीर देखिन्छ । जसको नाम थियो त्रैलोक्यविक्रम शाह । उनका दुई भाइमध्ये नरेन्द्रविक्रम शाह कान्छा भाइ थिए । नरेन्द्रेविक्रमलाई गोर्खा राज्यको जिम्मा दिइएको थियो । उनलाई श्री ५ महिला साहेव नरेन्द्रविक्रम शाह भनेर सम्बोधन गरिन्थ्यो । राजा हुनु अघिनै त्रैलोक्यको निधन भयो । प्रत्यक्ष शासनमा रहेका राणा प्रधानमन्त्री वीर शमशेरले उनलाई काठमाडौं बोलाए । त्यही बेला त्रैलोक्यको छोराको जन्म भएपछि नरेन्द्रले राजा बन्ने मौका गुमाए । त्यसपछि दरबार र राणाबीच विवाद बढ्यो । नरेन्द्रलाई सजाय स्वरुप चार भञ्ज्याङ कटाइयो । नरेन्द्र दक्षिणकालीको बाटो हुँदै वीरगंज पुगे । वीरगंजमा उनले छुट्टै समूह खडा गरेर राजनीति सुरु गरे । त्यही दरबार बनाए । नरेन्द्रको दरबार भएको ठाउँमा अहिले साल्ट टे«निङको कार्यालय छ । नरेन्द्र विक्रमको दरबार मासिए पनि उनका छोरा इन्द्रविक्रमले बनाएको दरबार अहिले पनि छ । १०० वर्ष पुरानो त्यो दरबारलाई इन्द्र भवन भनिन्छ । इन्द्रका छोरा र नाती गरेर तीनपुस्ता त्यही दरबारमा हुर्किए । इन्द्रविक्रमका छोरा पशुपति विक्रम र पुशपति विक्रमका छोरा विकास विक्रम शाह त्यही दरबारमा हुर्किए । विकासविक्रमकी छोरी हुन् साम्राज्ञी । उनी जन्मिदा त्यो दरबार सेन्ट जेभिएर स्कूले भाडामा लिइसकेको थियो । साम्राज्ञी त्यही स्कूलमा नर्सरीदेखि कक्षा चारसम्म पढिन । भारतको रोयल एकेडेमीबाट प्सल टु उत्तीर्ण गरेर नेपाल आएकी साम्राज्ञी स्कूलमा उत्कृष्ट ३ मोडलमा पर्थिन् । सात कक्षादेखि फेसन च्यानल हेर्न थालेकी शाहलाई भिक्टोरिया सेक्रेटको फेसन शो निकै मनपथ्र्यो । बीएचडब्लु अध्ययनरत रहदै साम्राज्ञी ‘फेस अफ दि क्लासिक डायमण्ड’ मा सहभागी भइन् । त्यो उनको मोडलिङको पहिलो अनुभव थियो । त्यहाँ सेकेण्ड रनर अप घोषित भइन् । त्यही कार्यक्रम पछि उनी धेरैको नजरमा परिन् । फलस्वरुप उनलाई म्युजिक भिडियो एव. ¥याम्प शोहरुबाट थुप्रै प्रस्ताव आउन थाले । फुर्वा तामाङको ‘सबैभन्दा दामी’ र एल्भिस जोशीको ‘एक मौका’ गीतको म्युजिक भिडियोमा अभिनय पनि गरिन् ।

एकदिन साम्राज्ञी मामाघर गएकी थिइन् । त्यहाँ मोडलहरुको फोटो सुट भैरहेको थियो । फोटो खिच्नेले ‘ब्युटिफुल’ भन्दै उनको फोटो खिचिदिए छन् । त्यो फोटो मामा रवि बस्नेतले ल्यापटपमा थियो । रवि बस्नेत, उनका साथी र भुवन के.सी. मिलेर चलचित्र बनाउने सल्लाह भयो । अभिनेत्री खोज्ने काम सुरु भयो । रविले आफ्नो ल्यापटप खोलेर मोडलहरुका तस्विर देखाउन थाले । एकपछि अर्को फोटो देखाउने क्रममा भुवनका आँखा साम्राज्ञीमा अडिए । उनले भने ‘त्यो अघिको फुच्चीको फोटो हेरौ त’ । ’त्यो फोटो त मेरो भाञ्जी को हो’ उनले भने । ’तैपनि हेरौ न’ भुवनले जोड गरे । रविले दोहो¥याएर साम्राज्ञीको तस्विर देखाए । ‘यसैलाई फिल्म खेलाउने’ देख्दै नदेखेको केटीलाई भुवनले भरोषा देखाए । ‘उनको परिवारले मान्दैन होला’ रविले भने । भुवनले कर गरेपछि रविले साम्राज्ञीको आमालाई फोन गरे । कुरो सुनेर आमाले ‘हुन्छ’ भनिदिइन् ।
वीरगञ्जमा आफ्नो पुस्तौनी होटल व्यवसायमा संलग्न कुनै बेलाका चर्चित मोडल विकास विक्रम शाह र नेहा राज्यलक्ष्मी शाहकी छोरी साम्राज्ञी राज्यलक्ष्मी शाहलाई सानैदेखि कलकारिता र मोडलिङ मोहले छोएको थियो । बाबुआमा नै कलाकारिता प्रेमी भएपछि यसको प्रभाव छोरीमा पर्नेनै भयो । विकास पनि पचासको दशकमा खुकुरी र सूर्य चुरोटको विज्ञापनमा देखापरेर चर्चित बनेका थिए । नेहा पनि बाल्यकालदेखि नै गायनमा रुचि राख्थिन् । यसैको प्रभाव स्वरुप साम्राज्ञी पनि सानैदेखि मोडल बन्ने सपना देख्थिन् । तर भुवन के.सी. को छनौटमा परेपछि एकाएक उनी चलचित्रकी नायिका बन्न पुगिन् ।

‘ड्रिम्स’ रिलिज अघि साम्राज्ञीलाई दुईटा कुराको चिन्ता थियो । दर्शकलाई आफ्नो अभिनय मनपर्ला कि नपर्ला र मान्छेले आफ्नो स्वरलाई रुचाउँलान कि नरुचाउँलान ? पहिलो चिन्ता यसकारण थियो कि सुटिङ« अवधीभर पनि उनको अभिनयको तारिफ कसैले गरेनन् र दोश्रो चिन्ता यसकारण थियो फिल्मको टेलर हेरेपछि उनलाई केटाको जस्तो स्वर भनेर टिप्पणी गरियो । चिन्ता कुन हदसम्म बढ्यो भने उनले ‘ड्रिम्स’ नै आफ्नो पहिलो र अन्तिम चलचित्र ठान्न थालिन् । फिल्म रिलिज भयो केही दिनमै सुपरहिट सावित भयो । साम्राज्ञीको अनुहार र फिगर मनपराइयो । अभिनय पनि स्वभाविक मानियो । केटाकोजस्तो स्वर भन्ने टिप्पणी पनि बन्द भए । ‘ड्रिम्स’ अघि उनी अनमोलको स्टारडमको छायाँमा परेकी थिइन् । तर ‘ड्रिम्स’ रिलिज पश्चात अनमोलकै हाराहारीमा पुगिन् । साथीभाइ र आफन्तले मात्र होइन सर्वसाधारणले पनि उनको कामको तारिफ गरिदिए । प्रशस्त पं्रशंसा भयो उनको । पहिलो चलचित्रमै चर्चित हिरो अनमोल के.सी.संग अनस्क्रिन रोमान्स गर्ने अवसर पाएकी साम्राज्ञी पहिलो चलचित्रबाटै हिट अभिनेत्रीमा गनिन पुगिन् । साम्राज्ञीका लागि ‘ड्रिम्स’ ड्रिमभन्दा पनि टेष्ट थियो । ड्रिम्स पछि अरु फिल्म खेल्ने लालसा थिएन उनमा । तर रिलिजपछि चलचित्र बाहेक अरु क्षेत्र किन रोज्नुप¥यो र ? भन्ने प्रश्न धेरैले गरे उनलाई । परिवारको आंकाक्षा समेत यहि देखियो ।
हुन पनि हो ‘ड्रिम्स’ हेरेपछि उनको सुन्दर मुहार र जीवन्त अभिनयको प्रशंसा नगर्ने सायदै कोही होलान् । कतिसम्म भने ड्रिम्स हेर्न हल पुगेका अनमोलका कतिपय फ्यान फर्कदा साम्राज्ञीको फ्यान बनेर निक्ले । आखिर काम पनि उनले त्यही तहको गरेकी थिइन् । अन्ततः उनले चलचित्रमै करिअर बनाउने निर्णय गरिन् । त्यसपश्चात ए मेरो हजुर, तिमिसँग, मंगलम, इन्टु मिन्टु लण्डन, कायरा, भैरवीमा अभिनय गरिन् ।