आठौ दिन: नेपालले जित्यो २ स्वर्ण ८ रजत ६ कास्य

तेस्रो स्वर्ण जित्दै गौरिकाले रचिन् इतिहास

गौरिका सिंहले दक्षिण एसियाली खेलकुद ऐतिहासिक तेस्रो स्वर्ण जितेकी छन् ।१३ औं सागको पौडी अन्तरगत आइतबार ४०० मिटर फ्री स्टाइलमा उनले स्वर्ण जितेकी हुन् । सातदोबाटोस्थित पौडी पोखरीमा उनले निर्धारित दुरी ४ मिनेट २५.२८ सेकेण्डमा पुरा गरिन् ।आइतबार नै भएको ५० मिटर ब्याकस्ट्रोकमा भने उनी रजत पदकमा सिमित भइन् । गौरिका सागको एउटै संस्करणमा तीन स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन् ।महिला ८ सय मिटर फ्रि–स्टाइल रिले पौडी खेलमा नेपालले कास्य पदकमा चित्त बुझाउनु परेको छ । उक्त खेलमा भारतीय टोलीले स्वर्ण पदक जितेको छ । नेपाली टिममा अनुशिया तण्डुकार, तिसा शाक्य, डुवाना लामा र गौरिका सिंह सहभागी थिए । यससँगै १३औं सागमा उनको पदक तीन स्वर्ण, एक रजत र दुई काश्य भएको छ ।

पौडीमा डुआनाले जितिन् रजत

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत २०० मिटर बटरफ्लाइ पौडिमा डुआना लामाले रजत पदक हाँसिल गरेकी छन् । उनले निर्धारित दुरी २ मिनेट २२.१६ सेकेण्डमा पूरा गरेकी थिइन् ।

आर्चरीमा नेपाललाई एक रजतसहित ३ पदक

आर्चरी खेलमा नेपालले एक रजत सहित तीन पदक प्राप्त गर्न सफल भएको छ । नेपालले कम्पाउण्ड (५० मिटर) मिक्स तर्फ रजत पदक प्राप्त गरेको हो । आइतबार भएको फाइनल खेलमा बंगलादेशसँग पराजित हुँदा इमायुङ राई र शान्त मल्लले रजत जिते । कम्माउण्ड पुरुष तर्फ नेपालले कास्य पदक जित्यो । आइतबार नेपालका मीनप्रसाद गौचन, सन्त मल्ल र योगेन्द्र शेरचनले कास्य जिते । कम्पाउण्ड महिला तर्फको खेलमा नेपालले सिधै वाई पाएर कास्य पदक प्राप्त गर्न सफल भएको छ । यस इभेण्टमा भुटान सहभागी नभएपछि नेपाललाई सहज कास्य पदक प्राप्त भएको हो । नेपालको टिममा मोनिका राना मगर, मन्जु बजगाई र इमायुङ राई रहेका थिए ।

कुस्ति खेल: नेपाललाई २–२ वटा रजत र कास्य

जनकपुरमा भइरहेको कुस्ति खेल प्रतियोगितामा नेपाल २ वटा रतज र २ वटा कास्य मात्र प्राप्त गर्न सकेका छन् । आइतबार तीन पुरुष र चार महिलाको विभिन्न तौल समूहमा कुस्ती भएको थियो । ९२ किलोग्राम समूहको खेलमा  नेपालका समिर शाहले कास्य पदका प्राप्त गरेका छन् ।  महिला समूहतर्फ ५९ किलोग्राम समूहमा  नेपालकी कोमल खत्रीले कास्य पदक जितेकी छिन् । यसैगरी ६५ किलोग्राम समूहतर्फ नेपालकी शुशिला चन्द रजत पदक पाउन सफल भएकी छिन् भने ७२ किलोग्राम समूहतर्फ  नेपालकी निर्मला जागरी रजत पदक जित्न सफल भइन् ।यसैगरी ६५ किलोग्राम समूहतर्फ नेपालकी शुशिला चन्द रजत  पदक पाउन सफल भएकी छिन् भने ७२ किलोग्राम समूहतर्फ  नेपालकी निर्मला जागरी रजत  पदक जित्न सफल भइन् ।

फेन्सिङमा नेपालले जित्यो रजत पदक

१३ औं दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत फेन्सिङमा नेपालले रजत पदक जितेको छ । आइतबार कीर्तिपुरमा भएको टीम इभेन्ट्समा स्वर्ण पदक भने भारतले जितेको छ । भारतले नेपाललाई ४५–१८ ले हराएको हो ।

जुडोमा देविकालाई स्वर्ण

 ५२ केजीमुनि महिला जुडोमा देविका खड्काले स्वर्ण जितेकी छन् । जारी सागमा उनले श्रीलंका,भारत र बंगलादेशका खेलाडीलाई हराउँदै राउन्ड रोबिन लिगमा शिर्ष स्थान हासिल गर्दै स्वर्ण पदक पक्का गरिन्। १३ औँ सागमा नेपालले जुडोमा पहिलो स्वर्ण जितेको हो।

बीच भलिबलमा नेपाललाई कांस्य

भलिबलमा नेपालको महिला टीमले कांस्य जितेको छ । पोखरामा आइतबार विनिता बुढाथोकी र नेबिका चौधरीको जोडीले नेपालकै कोपिला उप्रेती र मनीषा चौधरीको जोडीलाई २१–१२, १९–२१ र १६–१४ को सेटमा पराजित गरेको हो । नेपालको दुवै टिम समूह उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेका थिए।

सागरले जिते भारोत्तोलनमा रजत

भारोत्तोलनमा नेपाललाई पदक दिलाउने क्रममा आईतबार एक रजत र एक कास्य पदक जित्दै भारोत्तोलन खेलको विदाई गरिएको छ। आईतबार नेपालका लागि सागर भण्डारीले पुरुष १०९ तौल समूहमा रजत पदक जितेका हुन्। सागरले रजत पदक जित्ने क्रममा राष्ट्रिय किर्तिमान समेत बनाएका छन्। उनले स्न्याचतर्फ १२० र क्लीन एण्ड जर्कमा १५५ गरी कुल २७५ तौल उठाएका हुन्। यसअघि सागको छनोट चरणमा आफ्नो नाममा तीनै विधाको किर्तिमानीलाई १३ औं सागको अन्तिम दिनको प्रतिस्पर्धामा किर्तिमानमा सुधार गरेको नेपाल भारोत्तोलन संघका प्रवक्ता रुकेश तण्डुकारले जनाए। नेपालका लागि पुकार गुरुङले   स्न्याचतर्फ १३२ र क्लीन एण्ड जर्कमा १४३ भार बहन गरेका हुन्। नेपालका लागि पुकार गुरुङले कुल २७५ तौल उठाए। उनले स्न्याचतर्फ १३२ र क्लीन एण्ड जर्कमा १४३ भार बहन गरेका हुन्। नेपालका लागि रजत र कास्य जित्ने दुवै खेलाडीले समान २७५ तौल उठाएका हुन्। पुकारको लागि स्न्याच विधामा राष्ट्रिय किर्तिमान हो।

महिला ह्यान्डबल – नेपाललाई रजत

 महिला ह्याण्डबलमा नेपालले रजत पदक जितेको छ । पोखरा रंगशालाको ह्याण्डबल कोर्टमा आईतबार भएको फाइनल खेलमा भारतसँग पराजित हुँदै नेपालले रजत पदकमा चित्त बुझाएको हो । फाइनलमा नेपाल भारतसँग २१–३५ को गोलअन्तरले पराजित भएको हो । सुरुवातदेखि भारतसँग पछाडी परेको नेपालले कुनै पनि समयमा अग्रता दिन नसक्दा रजत पदकमा चित्त बुझाउनुपरेको हो ।

नेपालले पहिलो पटक फाइनलमा पुग्दै रजत पदक जित्न सफल भयो ।नेपालले शनिबार सेमिफाइनल खेलमा पाकिस्तानलाई पराजित गर्दै फाइनल प्रवेश गरेर इतिहास रचेको थियो । उक्त खेलमा नेपालले पाकिस्तानलाई २२–२१ को रोमाञ्चक जित हात पारेको थियो ।