दशौ दिन :नेपालले जित्यो २ स्वर्ण ४ रजत ३ कास्य

साग फुटबलमा नेपाल फेरि च्याम्पियन

नेपालले घरेलु मैदानमा दोस्रो पटक फुटबलमा स्वर्ण जितेको छ । समग्रमा चौथो स्वर्ण भए पनि घरेलु मैदानमा भने सन् १९८४ को पहिलो संस्करणपछि यसै वर्ष स्वर्ण जितेको हो । यसअघि सन् १९९९ मा आठौं संस्करणमा नेपाल फाइनल पुगे पनि बंगलादेशसंग १-० ले पराजित भएको थियो । यस पटक भने नेपालले भुटानलाई २-१ ले पारजित गर्दै घरेलु मैदानमा स्वर्ण जित्यो  । यसबाहेक नेपालले सन् १९९३  र २०१६ मा पनि फुटबलमा स्वर्ण जितेको थियो ।

यस पटक ५ राष्ट्र सहभागी पुरुष फुटबलमा नेपालले अपराजित रहँदै स्वर्ण जितेको हो । दशरथ रंगशालमा करिब १५ हजार दर्शक अगाडि नेपाललाई स्वर्ण जिताउन अभिषेक रिजाल र सुनिल बलले गोल गरे । सन् १९९९ मा खेलाडीको रुपमा फाइनल हारेका प्रशिक्षक बालगोपाल महर्जनले यस पटक प्रशिक्षकको रुपमा स्वर्ण जिते । उनले खेलाडीको रुपमा न् १९९३ मा भने स्वर्ण जितेका थिए । खेलाडीको रुपमा १९९३  मै स्वर्ण जितेका मृगेन्द्र मिश्र, राजेश मानन्धर यस पटक कोचिङ स्टाफका रुपमा थिए भने राखेपका चिफ कोच मिलन भक्त हाडा टिमको सल्लाहकारका रुपमा थिए ।

नेपाल र भुटानको प्रतिस्पर्धा चलिरहँदा दशरथ रंगशाला बाहिर भने फुटबलप्रेमीहरु भीड लागेको देखिन्थ्यो । फुटबलप्रेमी दर्शकहरुको भीडले ट्राफिक व्यवस्थापन समेत प्रभावित भएको थियो । दर्शकहरुले सडक बीचमै पलेटी कसेर वर्ल्ड ट्रेड सेन्टरमा राखिएको ठूलो स्क्रिनमा फुटबल हेरेका थिए ।

बक्सिङमा नेपालका सनिललाई स्वर्ण साथमा ४ रजत ३ कास्य

१३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालका सनिल शाहीले स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित कराते हलमा मंगलबार पुरुष ६० केजी तौल समूहमा भारतका खेलाडीलाई हराउँदै सनिलले स्वर्ण जितेका हुन् । सनिलले भारतका भिरेन्द्रर सिंहलाई हराएका थिए ।  यस स्पर्धामा श्रीलंका र बंगालादेशले कास्य जित्यो।

महिला ६४ केजीमा नेपालकी पुनम रावलले रजत जितिन् । यस स्पर्धामा भारतले स्वर्ण र पाकिस्तानले कास्य जित्यो । बक्सिङमा नेपालकी माला राईले रजत पदक जितेकी छिन् । सातदोबाटोस्थित कराते हलमा मंगलबार महिला ५१ केजी तौल समूहको फाइनलमा भारतकी पिंकी रानीसँग पराजित हुँदा मालाले रजत पाएकी हुन् ।

पुरुष ५२ केजीमा भारतले स्वर्ण जित्दा पाकिस्तानले रजत जित्यो । नेपालका तेज बहादुर देउवाले र श्रीलंकाले कास्य हात पार्यो ।पुरुष ६९ केजीमा नेपालका विकास लामाले कास्य जिते । यस स्पर्धामा भारतले स्वर्ण र पाकिस्तानले रजत तथा बंगलादेशले कास्य जिते । पुरुष हेबीवेट ८१ केजी माथि नेपालका गणेश प्रधानले रजत जिते । फाइनलमा गणेश श्रीलंकासँग पराजित भए । भारतका सचिनले कास्य जिते । पुरुष हेभीवेट ९१ केजी माथि नेपालका आशिस दुवाडीले रजत जिते  । फाइनलमा आशिस भारतका नरेन्द्ररसँग पराजित भए । श्रीलंकाका बुवानेकाले कास्य जिते ।महिला ५७ केजीमा भारतले स्वर्ण र श्रीलंकाले रजत जित्यो । नेपालकी चन्द्र कला थापाले र पाकिस्तानले कास्य हात पार्यो ।

 

महिला बास्केटबल : नेपाललाई रजत

दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला बास्केटबलमा नेपालले रजत पदक जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार भएको फाइनलमा भारतसंग पराजित हुँदै नेपालले रजत जितेको छ । पहिलो पटक फाइनल पुगेको नेपाल भारतसंग १२७-४६ ले पराजित भयो । नेपालका लागि अनुषा मल्लले सर्वाधिक १७ स्कोर गरिन् । नेपालले महिला बास्केटबलमा पहिलो पटक रजत जितेको हो ।महिलातर्फ माल्दिभ्सले भुटानलाई हराएर कास्य जित्यो ।पुरुषतर्फको स्वर्ण भारतले जित्यो ।

स्क्वासमा नेपाललाई कास्य

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत स्क्वासको पुरुष÷महिला दुवैको टिम इभेन्टमा नेपालले कास्य जितेको छ । पुरुषमा अरहान्तकेशर सिंह, अमृत थापा मगर, अमिर ब्लोन र दीपक थापा तथा महिलामा कृष्णा थापा, भावना सुनुवार, विपना ब्लोन र स्वस्थानी श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । नेपालसंगै पुरुष÷महिला दुवैमा श्रीलंकाले पनि कास्य जितेको छ । पुरुषमा पाकिस्तान पहिलो तथा भारत दोश्रो भए । महिलामा भारतले स्वर्ण तथा पाकिस्तानले रजत जिते ।

बास्केटबलमा नेपालको पुरुष टिमलाई कास्य

नेपाली पुरुष बास्केटबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा कास्य पदक जितेको छ । बंगलादेशसंग समूह चरणमा ब्यहोरेको हारको बदला लिँदै नेपालले मंगलाबर कास्य पदकको लागि भएको खेल बङ्गलादेशलाई ८१–५९ को फराकिलो अन्तरले पराजित गर्‍यो

समूह ए को खेलमा नेपाल बङ्गलादेशसंग ६७–६१ ले पराजित भएको थियो । नेपालको जितमा असिम श्रेष्ठले सर्वाधिक १९ अंक जोडे भने बिजय बुर्जाले १६ अंकको योगदान दिए । यस्तै कप्तान सदिश प्रधानले १५, आयुष सिंहले १३ र सौरभ श्रेष्ठले ११ अंक जोडे ।योसँगै नेपालले १३ औं सागमा बास्केटलतर्फ चारवटै विधामा पदक जित्न सफल भएको छ । नेपाली पुरुष टोलीले थ्री अन थ्रीमा रजत र महिला थ्रीअनथ्री मा कास्य जितेको थियो