प्रधानसेनापति कप महिला फुटबल :आर्मी र पुलिसको गोल वर्षा

आयोजक त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबले प्रधानसेनापति कप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा गोल वर्षा गरेको छ ।लगनखेल स्थित आर्मीको मैदानमा बुधबार भएको खेलमा आर्मीले सिक्किम युनाइटेडलाई १०–० गोलले हरायो । अर्को खेलमा एपिएफले प्रदेश नम्बर १ लाई ९–० गोलले पराजित गर्यो । आर्मीको जितमा रश्मी कुमारी घिसिङले चार गोल गरिन् ।

लगनखेल स्थित आर्मीको मैदानमा बुधबार भएको खेलमा आर्मीले सिक्किम युनाइटेडलाई १०–० गोलले हरायो । अर्को खेलमा एपिएफले प्रदेश नम्बर १ लाई ९–० गोलले पराजित गर्यो । आर्मीको जितमा रश्मी कुमारी घिसिङले चार गोल गरिन् । अनिता बस्नेतले ह्याट्रिक पूरा गर्दा अनु लामा र रेणुका नगरकोटीले एक एक गोल थपे । अनिता खेलको प्लेयर अफ दी म्याच भइन् ।