लक्ष्मी मगरले फेरि दिलाईन नेपाललाई पदक

भारतको कर्नाटक राज्यमा आयोजित एम टिबी केरला २०१९ नामक थ्रिलिंग एडभेन्च्योर माउन्टेन बाईकिंगमा सहभागी नेपाली साईकलवाज लक्ष्मी मगरले फेरि दिलाईन नेपाललाई पदकले दोस्रो स्थान प्राप्त गर्न सफल भएकी छिन् । नेपालमा सम्पन्न साग खेलकुदमा स्वर्ण जितेर उता खेल्न पुगेकी लक्ष्मी त्यहॉ पनि भारतिय खेलाडीहरु लगायत अन्य १४ देशका सहभागीहरुलाई पछि पार्दै दोस्रो हुन सफल भईन । आफ्नो नतिजामा सन्तुष्ट रहदै उनले भनिन – ‘काठमाडौको चिसोबाट केरलाको गर्मीमा खेल्न बहुत गाह्रो तैपनि जति गर्न सके त्यसमा खुशी छु।’

साग भन्दा पनि ठुलो सहभागीतामा संपन्न यों रेसमा उपबिजेता बन्नु पनि सानो कुरो होईन । रेशमा जर्मन खेलाडी प्रथम र भारतिय खेलाडी तेस्रो भएका थिए । क्यानडा , इरान,सिंगापुर,मालिदिभ्स, बंगलादेश, मेन्मार, उज्वेकिस्थान,मलेशिया ,श्रीलंका आदि देशले सहभागिता जनाएको यो रेशमा २० जाना महिला सहभागी थिए ।

चिया बगानको बाटोमा सम्पन्न रेश ५ ल्यापको थियो । स्टेप क्लाम्प र डाउनहिल मिश्रीत रेश कोर्स बनाईएको थियो । प्रचण्ड गर्मीको बाबजुत पनि खेल उत्साह पुर्ण बनेको थियो ।नेपालबाट सहभागी हुन लक्ष्मीको साथमा अर्का साईकलबाज बुद्धि बहादुर तामांग र प्रशिक्षक प्रयास तामांग पनि केरला पुगेका थिए ।बुद्धि पनि रेसमा सहभागी थिए ।