सबै कोणबाट सशक्त गीत ‘ऑशुले भिज्यो’सार्वजनिक

गीतकार रुवी पोखरेलको शब्द, संगीतकार सुनिल मास्केको संगीत र गायिका प्राश्ना शाक्यको स्वरमा एउटा कर्णप्रिय गीत भिडियो सहित सार्वजनिक भएको छ ।ऑशुले भिज्यो बोलको यो गीतमा प्रदिप श्रेष्ठको संगीत संयोजन रहेको छ । मार्मिक र चोटिलो शब्द संगीत बुनिएको यों गीतमा प्राश्ना पनि खुलेकी छिन् । प्राय पप गीतमा रमाउदै आएकी प्राश्नाको स्वरमा यस्तो पृथक मेलोडी सुन्न पाउदा जो कोहि एकपटक छक्क पर्छन् ।

गीतकार रुवी पोखरेल       संगीतकार सुनिल मास्के      गायिका प्राश्ना शाक्य

युवराज वाईवाले निर्देशन गरेको यों गीतको भिडियोमा जीवन भट्टराई ,इसु कार्की र दिभाष्मा भट्टराईले अभिनय गरेका छन् । उत्सब दाहालको छायॉकंन विकास दाहालको संपादन रहेको यो भिडियो पनि गीत जत्तिकै चोटिलो बनाईएको छ ।सबै कोणबाट सशक्त यो गीत दीर्धकालसम्म नेपाली गायनमा जमिरहने खालको छ ।