नेवारी भाषाको एल्बम ‘स्वनिगया नेवा’ सार्वजनिक

गायिका गंगादेवी महर्जनले संगीतकार राजु सिंहको संगीत तथा जुगल डंगोलको संगीतसंयोजनमा एउटा नेवारी भाषाको एल्बम ‘स्वनिगया नेवा‘ सार्वजनिक गरेकी छिन् ।६ वटा गीत रहेको सिडी एल्बममा गीतको रचना  राजभाई जकःमीले गरेका हुन् ।राजभाईका गीत निकै राम्रा र झर्रा शैलीका छन् । निकै मिठाे शैलीमा गीतमा स्वर भरिएको छ । सबै कुराको राम्रो तालमेल भएकाले एल्बम राम्रो बनेको छ । आफ्नो मातृभाषाको उत्थान र जगेर्ना गर्ने सोचले आफुले यों एल्बम निकालेको कुरा गायिका गंगादेवीले बताएकी छिन् । संगीतकार राजु सिंहको पनि एकल संगीत रहेको यो पहिलो नेवारी भाषाको गीतिसंग्रह हो ।

गीतकार राजभाई जकःमी     संगीतकार राजु सिंह   संगीतसंयोजक जुगल डंगोल    गायिका गंगादेवी महर्जन

मातृभाषाको गीतको आफ्नै महत्व हुन्छ । यहि कुरालाई मनन गरेर यसरी एल्बम बनाउनु पनि ठुलै योगदान हो । संगीतको बजार नभएको अवस्थामा यस्तो काम गर्नु पक्कै पनि ठुलै छाती र हिम्मत अनि समर्पण चाहिन्छ । यो सब पक्ष गंगादेवीमा देखिदा संगीतका अनुरागीहरु नतमस्तक देखिएका छन् ।