शृंखला जोशीको’तिम्रो आवाज’ बोलको गीत सार्वजनिक

संचारकर्मी शृंखला जोशी पनि बिधिवत् रुपमा नेपाली गायनमा लागिपर्ने सोचका साथ ‘तिम्रो आवाज’ बोलको गीत लिएर देखापरेकी छिन् । हालै सार्वजनिक गीतमा गायक तथा संगीतकार उदय सोतांगको संगीत र बिष्णु बाबु देवकोटाको शब्द छ भने सुब्रत आचार्यको भिडियो निर्देशन छ । मिठो स्वरको साथमा यों गीतमा शृंखला आफैले अभिनय गरेकी छिन् ।अभिनयमा उनलाई अजर्स ढुंगाना र भुवन चन्दले साथ दिएका छन् ।नबिन निरौलाले संपादन गरेको यो गीतमा ज्ञानेन्द्र शर्माले कुसल छायाकारको करामत देखाएका छन् ।

यों भन्दा पहिले पनि यदाकदा गीत गाएर सार्वजनिक भए पनि उनको  औपचारिक पहिलो सार्वजनिक गीत यहि हो । गायनमा रुची पहिल्यै देखि रुची भएता पनि कहिले पढाई त कहिले संचारकर्ममा अलमलिएकीले ढिलै भए पनि गायनमा उनले पाईला चालेकी छिन् । परिवारमै राम्रो सागीतिक साथ र सहयोग पाएकी उनले आउने दिनमा पक्कै राम्रो गर्ने संकेत भने दिएकी छिन् ।