हेल्प नेपाल,एपिएफ,न्यू डायमण्ड फाइनलमा

हेल्प नेपाल स्पोर्टस क्लब र नेपाल एपिएफ क्लब आरबिबी एनभिए पुरुष क्लब च्याम्पियनसिपको उपाधिका लागि भिड्ने भएका छन् । नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै हेल्प नेपालले पुलिससँगको फाइनल भेट पक्का गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा बिहीबार भएको सेमिफाइनलमा हेल्प नेपालले पुलिसलाई २५–२१,२५–१६ र २५–१५ ले हराएको छ । हेल्प नेपालमा तीन भारतीय खेलाडीको साथ रहेको छ ।

त्यसअघि एपिएफले अर्को विभागिय टोली साविक विजेता त्रिभुवन आर्मी क्लबलाई २५–२२,२५–२२ र २६–२४ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो । महिलातर्फ होंगान्जी न्यू डायमण्ड र एपिएफबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । न्यू डायमण्डले आर्मी र एपिएफले पुलिसलाई हराउँदै एक अर्कासँगको भेट पक्का गरेका थिए । न्यू डायमण्डले आर्मीलाई २५-१५, २५-२२ र २५-१३ ले पराजित गर्यो । त्यसअघि एपिएफले पुलिसलाई २५–१५,२५–१६ र २५–२२ ले हराएको थियो । दुवैको फाइनल शुक्रबार हुनेछ । त्यसअघि दुवैतर्फको तेस्रो स्थानको खेल हुनेछ ।