हेल्प नेपाल र एपीएफ च्याम्पियन

हेल्प नेपाल स्पोर्ट्स क्लब र एपीएफ क्लबले पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय पुरुष-महिला क्लब भलिबल च्याम्पियनसिपको उपाधि जितेका छन् । त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा शुक्रबार हेल्प नेपालले पुरुषतर्फ र एपीएफले महिलातर्फको उपाधि जितेको हो । पुरुषतर्फको फाइनलमा विभागीय टिम एपीएफ क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै हेल्प नेपाल च्याम्पियन बनेको हो । तीन भारतीय खेलाडीसहित कोर्ट उत्रिएको हेल्प नेपालले एपीएफमाथि २५-१७,२५-१४ र २५-२० को सेटमा जित निकाल्यो ।

शुक्रबार भएको फाइनल खेलमा न्यु डायमण्डलाई ३-१ को सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो । एपीएफले पहिलाे सेट २५-२३, दाेस्राे सेट २५-२१ र चाेथाे सेट २५-१८ ले जितेको हो । तेस्रो सेट न्यू डायमण्डले २५-२३ ले जिते पनि त्यसपछिको सेट जित्दै एपीएफले उपाधिका हात पार्‍यो ।रोमान्चक बनेको तेस्रो सेट न्यू डाइमण्डले २३-२५ ले आफ्नो पक्षमा पारेको थियो।

स्पाइकबाट ल्याण्ड गर्ने क्रममा घाइते भएपछि टोलीकी महत्वपूर्ण खेलाडी प्रतिभा मालीलाई गुमाएको थियो। फाइनलसम्म पुग्दा सबैभन्दा प्रतिभाशाली खेलाडी रहेकी राष्ट्रिय टोलीकी सदस्य प्रतिभा स्ट्रेचरमा सुतेर कोर्टबाट बाहिरिएकी थिइन्। खेलको तेस्रो सेटमा स्कोर २२-२० को स्थितिमा रहँदा स्पाइक प्रहार गरेपछि ल्यान्डिङ नमिल्दा उनको घुँडामा चोट लागेको हो । मैदानमा लड्नेबितिक्कै निकै पिडामा रहेपछि उनलाई हस्पिटल लागिएको थियो । सुरुवाती एक्सरे रिपोर्ट अनुसार उनको घुंडाको हड्डीमा कुनै समस्या देखिएको छैन ।

भित्र रगत जमेको हुँदा उनको लिगाम्नेट वा मेनिस्कसमा समस्या रहेको हुनसक्ने आँकलन गरिएको छ । रगत जमेका कारण एमआरआई गर्न १-२ दिन कुर्नुपर्ने अवस्था रहेको अस्पताल स्रोतले जानकारी दिएको छ । चोटको गाम्भीर्यता हेर्दा उनले केहि महिना विश्राम गर्नुपर्ने देखिएको छ । नेपाललाई अन्तर्राष्ट्रिय भलिबलमा पहिलो पटक स्वर्ण पदक जिताउन महत्त्वपूर्ण भूमिका खेलेकी प्रतिभा महिला भलिबलकी उत्कृष्ट खेलाडी हुन् । उनी एभीसी सेन्ट्रल जोनमा उत्कृष्ट स्पाइकर समेत बनेकी थिइन् । चौथो सेटको सुरुआतदेखि पछि परेको न्यू डाइमण्डले सेट २५-१८ गुमायो। सेमिफाइनलमा यू डाइमण्डले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको थियो। त्यस्तै एपिएफले नेपाल पुलिसलाई हराएको थियो।

होंगान्जी न्यू डायमण्ड स्पोर्टस क्लबकी प्रतिभा मालि र हेल्प नेपाल स्पोर्टस क्लबका अमित आरबिबी एनभिए भलिबल क्लब च्याम्पियनसिप सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शनिबार सम्पन्न च्याम्पियनसिपमा महिलातर्फ नेपाल एपिएफ क्लब र पुरुषतर्फ हेल्प नेपालले उपाधि जितेको थियो । एपिएफले न्यू डायमण्डलाई हराएको थियो । पुरुषतर्फ हेल्प नेपालले एपिएफलाई पराजित गरेको थियो ।

महिलातर्फ प्रतिभाले दोहोरो उपाधि जितिन् । फाइनलमा चोटग्रस्त बनेकी उनी उत्कृष्ट सर्भर पनि चुनिइन् । एपिएफकी सरस्वती चौधरी उत्कृष्ट स्पाइकर, त्रिभुवन आर्मी क्लबकी सुनिता खड्का उत्कृष्ट ब्लकर, एपिएफकी विनिता बुढाथोकी उत्कृष्ट सेटर, न्यू डामण्डकी सलिना श्रेष्ठ उत्कृष्ट लिबेरो र एपिएफका महेश चौधरी उत्कृष्ट प्रशिक्षक चुनिए । त्यस्तै पुरुषतर्फ आर्मीका राजेन्द्र विष्ट उत्कृष्ट स्पाइकर, हेल्प नेपालका याम क्षत्री उत्कृष्ट ब्लकर, सोही क्लबका विकास कुमार उत्कृष्ट सेटर, एपिएफका विनोद चन्द उत्कृष्ट लिबेरो, एपिएफका विजय थापा उत्कृष्ट सर्भर र हेल्प नेपालका स्वमभिराम बलवानसिंह उत्कृष्ट प्रशिक्षक घोषित भए । सर्वोत्कृष्ट प्रतिभा र अमितले उपाधिसहित २५ हजार तथा उत्कृष्टले जनही १० हजार रुपैयाँ प्राप्त गरे । नेपाल भलिबल संघको आयोजना र राष्ट्रिय वाणिज्य बैंकको प्रायोजनमा माघ ३ गतेदेखि सुरु भएको प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १० टोलीको सहभागिता थियो ।

 एनभिए भलिबल क्लब च्याम्पियनसिपका उत्कृष्ट

महिलातर्फ

सर्वोत्कृष्ट – प्रतिभा माली (न्यू डायमण्ड)

उत्कृष्ट

स्पाइकर –सरस्वती चौधरी (एपिएफ)

ब्लाकर – सुनिता खड्का (आर्मी)

सेटर – विनिता बुढाथोकी (एपिएफ)

लिबेरो– सलिना श्रेष्ठ (न्यू डायमण्ड)

सर्भर – प्रतिभा माली (न्यू डायमण्ड)

प्रशिक्षक– महेश चौधरी (एपिएफ)

पुरुषतर्फ

सर्वोत्कृष्ट – अमित (हेल्प नेपाल)

उत्कृष्ट

स्पाइकर – राजेन्द्र विष्ट (आर्मी)

ब्लकर – याम क्षेत्री (हेल्प नेपाल)

सेटर – विकास कुमार (हेल्प नेपाल)

लिबेरो – विनोद चन्द (एपिएफ)

सर्भर – विजय थापा (एपिएफ)

प्रशिक्षक –स्वमभिराम बलवानसिंह (हेल्प नेपाल)