तामांङ विशेष रन- वे फेशन शो सम्पन्न

युथ क्रियसन नेपालको आयोजनामा तामांङ कला संस्कृतिको प्रवर्धनको लागि आयोजना गरिंएको तामांङ विशेष रन- वे फेशन सो भब्य रुपमा सम्पन्न भयो । बिभिन्न संघ संस्थाका प्रतिँनिधी र दर्शकको उपस्थितमा सम्पन्न यों शोमा मोडलहरुले तामांङ भेषभुषाका बिभिन्न तामांग ड्रेसको प्रदर्शन गरेका थिए ।समारोहमा बिभिन्न मनोरन्जनात्मक कार्यक्रम कलाकारहरुले देखाएका थिए ।

गायक बुद्ध लामाले आफ्नो प्रस्तुती दिएर भरपुर मनोरन्जन दिएका थिए । कार्यक्रममा सहभागी तथा सहयोगी हातहरुलाई आयोजकको तर्फबाट संस्थाका प्रवन्ध निर्देशक रवि लामाले धन्यबाद दिएका थिए ।

तामांङ ल्होछारको उपल्क्षयमा आयोजित यो कार्यक्रम महिला अधिकारकी अभियन्ता चरिमाया तामांङको प्रमुख आथित्यमा भएको थियो । वरिष्ठ कोरियोग्राफ़र रोजिन शाक्य . धिरज तन्डुकार,गायक सुनिल लामा ,नेपालजीत लामा,कृष्ण श्रेष्ठ,शान्ता कुमारी तामांग,कलाकार बिकु थोकर,तामाग घेदुङका छेवाङ तेन्जिङ  लामा,कलाकारअमर दोङको उपस्थिती थियो । कार्यक्रमलाई काष्ठमण्डप रियल स्टेट, सुसी ट्वान्टीफोर आवर र नेपाली ब्रान्डको छ्यांगको उत्पादक स्पार्कलिंग राईस मार्कगोलीले प्रायोजन गरेको थियो । कार्यक्रममा प्रिया रानी लामाको कोरियोग्राफ़ी र संचालन रहेको थियो ।