फिल्म ‘किर्ति’को शुभमूर्हत

फिल्म ‘किर्ति’को शुभमूर्हत भएको छ । राजधानीमा एक कार्यक्रमका बीच फिल्मको मुर्हूत गरिएको हो । कार्यक्रममा कलाकार रोशन बिशुंके, सबिन बास्तोला, सावित्रा चिलुवाल लगायतले फिल्म भित्रको एक दृश्यमा अभिनय गर्दै मुर्हुत सट दिएका थिए । राजु गिरि प्रोडक्सन प्रालि र सिक्किम फिल्मस्को संयुक्त प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मलाई शुभकामना दिन नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, सौन्दर्यबिद सिता पाठक, ईभेण्ट अर्गनाइजर गोमा धिताल, नेपाल चलचित्र कलाकार संघका सदस्यहरु रामेश्वर बुर्लाकोटी, धर्मेन्द्र आचार्य, जिबन थापा, सुदर्शन आचार्य लगायत पुगेका थिए ।

दार्जलिङ र सिक्किममा छायाँकन हुने फिल्ममा रोशन बिशुंके, कमल शर्मा, करिश्मा क्षेत्री, सबिन बास्तोला, सावित्रा चिलुवाल, दावा गुरुङ, सारदा गिरी(काली बुढि) लगायतको अभिनय रहेको छ । फिल्मका निर्माता दावा गुरुङ हुन् । नबिन पाख्रिन प्रस्तुतकर्ता रहेको फिल्ममा संगीत नबिन पाख्रिन, छायांकन रामेश्वर हुँमागाई र कोरियोग्राफर रामजी लामिछानेको रहनेछ ।