सुगमको स्वरमा सरस्वती वन्दना

६० को दशकमा लोकप्रियताको शिखरमा पुगेर नेपाली गायनमा तहल्का मच्चाएका लोकप्रिय गायक सुगम पोखरेल अहिले नयॉ एल्बमको तयारीमा छन् । गीत तयार गरेर लगातार सार्वजनिक गरिरहेका छन् । हिजो पनि उनको नयॉ गीत सार्वजनिक भयो । सरस्वती वन्दनाको रुपमा तयार पारिएको यो गीतमा एउटा छुट्टै खालको प्रयोगधर्मिता देखिन्छ । संस्कृत नेपाली मिलाएर बनाईएको यो गीत सुन्दा मन आनन्दित हुन्छ ।हंसबाहीनी रुपको मिठो वर्णन गीतमा देखिन्छ । रचना संगीत स्वर सबै सुगम कै रहेको यो गीत स्कुल एन्थम भन्दा पनि फरक नपर्ला । संगीत र विद्याकी देवी सरस्वतीको महिना सिग्नलों गज्जब मिलाएर पेस गरेका छन् ।

हिन्दीबाट प्रभावित भजन सुनेर वाक्क बनेका श्रोतालाई यो भक्ति गीतले बेग्लै प्रकारको आनन्द दिन्छ । सरल भिडियो बनाईएको छ । भिडियोमा दिनेश थापा र साईमन राईको छायॉंकन ,सुप्रिम पराजुलीको संपादन र सुगम आफ्नै र साईमन राईको निर्देशन रहेको छ । बसन्त पंचमीको संमुख पारेर सार्वजनिक गरिएको यो गीत सरस्वती पुजा गरिदा गाउन मिल्ने खालको छ ।पछिल्लो समय नेपाली पार्श्व गायनमा निकै रुचाईएको स्वर हो सुगमको । यो गीत पश्चात भक्ती गीतमा पनि रुचाईएको भने आश्चर्य नमाने हुन्छ । सुगममा भक्ति संगीतको भरपुर क्षमता छ भन्ने कुरा यो गीतले प्रमाणित गरेको छ । २०७७ सालको अवसरमा आफ्नो नयॉ एल्बम निकाल्ने सोचमा रहेका सुगमको यों लगायत यस भन्दा अधि सार्वजनिक केहि गीत स्वेत हंसिनी मा रहने छन् ।