‘चपली हाईट–३’को गीत ‘चारानाको मसला’ सार्वजनिक

अर्जुन कुमार फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्र ‘चपली हाइट ३’को पहिलो गीत ‘चारानाको मसला’ सार्वजनिक भएको छ ।  राज खम्बु र अस्मिता अधिकारीको स्वर रहेको यो गीतमा डीपी खनालको शब्द तथा सुवाष भुषालको संगीत छ । यो गीतको छायांकन डान्स क्लबमा गरिएको छ । प्रदिप लामा र दि नेक्स्ट टिमले कोरियोग्राफी गरेको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट र महेश त्रिपाठीलाई फिचरिङ गरिएको छ ।

सस्पेन्स थ्रीलर कथामा तयार भएको यो चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका हुन् । अर्जुन कुमारको लगानीमा बनेको यो चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, दिर्घ खड्काको सम्पादन, अष्ट महर्जनको एक्सन छ । यो चलचित्र चैत्रको २८ गतेबाट रिलिज हुँदैछ । निर्माता अर्जुन कुमारले चलचित्र तोकिएकै मितिमा रिलिज हुने जानकारी दिए ।

अर्जुन कुमार फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्र ‘चपली हाइट ३’को पहिलो गीत सार्वजनिक भएको छ । ‘चारानाको मसला’ बोलको गीत काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो । राज खम्बु र अस्मिता अधिकारीको स्वर रहेको यो गीतमा डीपी खनालको शब्द तथा सुवाष भुषालको संगीत छ ।यो गीतको छायांकन डान्स क्लबमा गरिएको छ । प्रदिप लामा र दि नेक्स्ट टिमले कोरियोग्राफी गरेको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट र महेश त्रिपाठीलाई फिचरिङ गरिएको छ ।