एनआरटीविरुद्ध फ्रेन्ड्स २-० ले विजयी

शहीद स्मारक ए डिभिजन लिगमा मंगलबार फ्रेन्डस क्लबले न्युरोड टिम एनआरटीलाई २–० ले पराजित गरेको छ । एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा फ्रेन्डसलाई जिताउन सन्जोग महर्जन र ८१ औं मिनेटमा विदेशी खेलाडी वाग्नर डे कार्मोले गोल गरे । जीतपछि फ्रेन्डस क्लब १० खेलबाट १४ अंक जोड्दै लिगको दशौं स्थानमा उक्लेको छ ।

हारपछि एनआरटीले भने चौथो स्थानमा पुग्ने अवसर गुमाएको छ । ऊ १५ अंकसहित सातौं स्थानमा छ । योसँगै दशौं चरणका खेल सकिएका छन्। दशौ चरणसम्म त्रिभुवन आर्मी क्लब २३ अंकसहित शीर्ष स्थानमा, मच्छिन्द्र क्लब २२ अंकसहित दोस्रो र मनाङ मर्स्याङ्दी क्लब १९ अंक जोडेर तेस्रो स्थानमा छन्।