‘धेरैले धेरै कथा लेखे’ भन्दै कमल र रानी गुनगुनाए

कमल खत्री र रानी शाक्यको स्वरमा ‘धेरैले धेरै कथा लेखे मेरो कथाको पात्र तिमी’ बोलको गीत सार्वजनिक भएको छ । मिठो युगल गायन रहेको यो गीतमा शब्द शिल्प र संगीत पक्ष तारिफ योग्य छ । मन छुने शब्दले रोमान्टिक पलमा रमाउन चाहानेहरुको लागि भरपुर आनन्द दिन्छ । गीतकार अरुण तिवारी र संगीतकार दिपकराज गौतमको शिल्प तारिफ योग्य छ ।

गायकी पनि दुवैको सललल बगेको जो कोहिले गुनगुनाउन सक्ने छ । सरल र सरस छ गीत । भिडियो पनि गीत अनुसारकै छ । अभिनयमा पनि मरिष्का पोखरेल र रन्जन रिजालको दमदार छ । उत्सब दाहालको छायॉकन , नविन निरौलाको संपादन र जीवन शाहीको निर्देशन भिडियोमा देखिन्छ । कथा भित्रको कथा जस्तो लाग्छ गीत सुन्दा । सबै कोणबाट गीत र भिडियो राम्रो छ ।