संगीतको क्षेत्र बिगत एक महिनादेखि तातीरहेको छ । कोहि लुरुलुरु संगीतकर्ममै रमाएका छन् । दैनिक आफ्नो गला र कला पस्किने बाहेक अरु कुरामा उनीहरुलाई फुर्षद छैन ।खुशी पुर्वक आफ्नो कार्य गरिरहेको देखिन्छ । यों दृश्य हेर्दा नै आनन्द आउछ । बिहान समयमै उठ्यो , गर्नुपर्ने सबै नित्यकर्म गरेर स्टुडियो पस्यो गीत गायो , बाजा बजायो, रेकडिंग गर्यो साझ घर फर्कियो दिनभरीको कमाई गन्यो ,परिवारसंग रमायो अनि आराम गर्न बिस्तारामा पल्टियो । हरेक कलाकर्मीको दिनचर्या यसरीनै बिते कति जाती हुन्थ्यो । तर सोचे जस्तो कहॉ हुन्छ र !
अर्का थरी कलाकार छन् राती अवेर सुत्ने बिहान ढिलो उठ्ने ! न त कुनै सागीतिक कर्म न त गानाबजाना न त रियाज ! संगीतमा दिनु पर्ने समय हावादारी काम र अनावश्यक कर्ममा लगाउछन् । कुण्ठाले ग्रसित । एक प्रकारले भन्ने हो भने मानसिक बिरामी । संगीत कर्म पुरै भुलीसके तर संगीतकर्मी नै भनिन रुचाउछन् । न कुनै काम न त कुनै पेशा पुर्णत बेरोजगार । यों वर्गलाई कुनै कुराको मतलब नै छैन ।
आर्का थरी कलाकार पनि छन् । जो अभियन्ताको नाममा आफुलाई चिनाउदै हिड्छन् । संगीतको बारेमा मिठा मिठा आक्रामक प्रवचन दिन्छन् । संगीतकर्म भन्दा पनि हिजोआज संगीतको प्रवचनमै यो वर्ग रमाएको देखिन्छ । एउटा ठाउमा भेला भयो । बिभिन्न बिषयमा कुरा उठायो तर्क गर्यो हसी मजाक गर्यो हिड्यो न त संगीतकर्म न त अन्य कुनै काम ।
संगीतकर्मीहरुलाई जागरुक गराउने कामको भने तारिफ गर्नैपर्छ । आफ्नो सारा कर्म छोडेर यसरी लाग्नु पनि सानो कुरा होईन । तर यसको पनि एउटा परिधी हुन्छ । जागरणको परिधि नाधेपछि अभियान माथी नै शंका उत्पन्न हुन्छ । जागरण जब सहि मार्गमा जादैन तब बिकृती उत्पन्न हुन्छ । हरेक कुरा नराम्रो र शंकास्पद लाग्न थाल्छ ।
संगीतको अभियन्ताहरुका कुराहरु विगत दुइ वर्षदेखि सुनिदै आईएको छ । समर्थन र बिरोधमा आबाज उठीरहेको छ । कोहि सहि भन्छन् कोहि गलत । मुल चुरो समाएर कसैले बोलेका छैनन । सबैका आफ्ना आफ्ना डम्फु बजेकै छन् । एउटा वर्ग जति कराए पनि सुन्दै सुन्दैन ।खुरुखुर आफ्नो काम गर्छ । आर्को वर्ग सुन्छ रनभुल्ल पर्छ । अभियन्ताहरु कराएको कराई !
पछिल्लो समय अभियन्ताहरुको कुरामा मिडिया पनि पसेको छ । पुरै एकतर्फी समाचार निस्कीरहेका छन्। दुवै पक्षका कुरा छाप्ने मिडियाहरुले पनि ढंग पुराएको देखिएको छैन । एउटा पक्षलाई सुरुमा गाली गर्दै लेख्दै गयो अनि लास्टमा आरोपित पक्षको २ लाईन भनाई राखिदिए सकियो । यस्तो गतिछाडा पत्रकारिताले पनि भर्म सिर्जना गर्दै लगिरहेको छ ।
अभियन्ताहरु यहि समाचार आफ्नो समाजिक संजालमा सेयर गर्छन् अरुलाई गर्न लगाउछन् अनि आफ्नो बहादुरीमा फुलेल हुन्छन् । कसैले बिरोध गर्दैन । सबैले लाईक र बधाई दिन्छन् । कोहि कोहिले मुल कुरो नबुझी आक्रामक प्रतिक्रिया व्यक्त पनि गर्छन् ।अभियन्ताहरु यसमै रमाएकाछन् ।
यि सबै गतिबिधीहरु हामीले निक्कै गम्भिर पाराले हेर्दै बुझ्दै आएका छौ। कसैलाई गाली गर्ने संस्कार राम्रो लागेन हामीलाई । कुरो उठान गरिसकेपछि त्यसको समाधान पनि गर्नु पर्छ । उठाउने छोड़ने गर्नु हुदैन । कसैलाई आरोप लगाउनु अधि त्यसलाई पुष्टी गर्ने पर्याप्त आधार पनि देखाउनु पर्छ । बिनाआधार रिस पोख्न मात्रै बोल्नु भनेको पागलपन हो ।
अभियन्ताहरुको अभियान संगीतलाई बिकृति बिसंगतीबाट मुक्त गरेर सफा कन्चन बनाउनेतर्फ लक्षित हुनुपर्नेमा यों त बरालिन थालेको महसुस भएको छ । समय समयमा आफ्नो उपस्थिती देखाउने तरिकाले कुराहरु उठान हुने गरेको देखिन्छ । संगीत कल्याणकारी कोष अनि रोयल्टी घोटाला , रेडियो नेपाल हुदै अहिले म्युजिक नेपालमा आईपुगेको छ । संगीतको विकास विस्तार र व्यवस्थापनमा संक्रिय संस्थाहरुलाई यसरी क्रमबद्ध रुपमा आक्रमण गर्दै जानु तर पुर्णतामा नपुर्याउनुले गम्भिर आशंका उठाएको छ ।
कुरो उठाउने भ्रम सिर्जना गरिदिने प्रवृति नछोड्ने हो भने संगीत क्षेत्र नै डुब्ने खतरा देखिन थालेको छ । कुनै पनि बिषय र क्षेत्रका कुरा उठान गरिसकेपछि त्यसलाई सहि समाधान गर्नु राम्रो हो तर यहॉ त उठाउने छोडीदिने प्रवृति हाबी हुदै गएको छ । यिनै बिषयमा हामीले केहि समय लगाएर खोजी अनुसन्धान गरेका छौ । केहि तथ्य भेट्टाएका छौ । अबका केहि दिन हामी त्यहि तथ्यमा केन्दित्त भएर रिपोर्टिंग गर्ने छौ । संगीतमा देखिएका भ्रम निवारण गर्ने प्रयास गर्ने छौ ।
क्रमश: