प्रविशाको नयॉ गीत ‘वतास’ सार्वजनिक

गायिका प्रविशा अधिकारीको नयॉ गीत सार्वजनिक भएको छ । रमेश दाहालको शब्द तथा कमल खनालको संगीतमा तयार भएको गीतमा निक्कै राम्रो रोमान्टिक पल कल्पना गरिंएको छ । ‘वतासले तिम्रो गीत नसुनाकै जाती परिहरु छड्के ऑखा तर्लान तिमी माथी’ बोलको गीत निकै मिठो छ ।

प्रविशाको निक्कै राम्रो स्वर यो गीतमा गुन्जेको छ । शब्द संगीत निकै गहन र मिठो छ । गीतको भिडियो पनि गज्जबको बनेको छ । सान थापाको निर्देशनमा बनेको यो भिडियोमा प्रविशा आफैले अभिनय गरेकी छिन् ।

कतै यात्रामा जादा रमाएको परिकल्पनामा भिडियोको कथानक उनिएको छ । प्रविशालाई यो सुहाएको पनि छ । कुनै व्यबसाहिक मोडल भन्दा कम छैन उनको हाउभाउ । अर्जुन तिवारीको छायॉकंन पनि तारिफ योग्य छ । नेपाली पार्श्व गायनमा निकै राम्रो स्थान बनाएकी गायिका प्रविशाले आधुनिक गायनमा पनि आफु कमजोर नरहेको यस्ता धरै गीतहरुले प्रमाणित गर्दै आईरहेकी छिन् । पछिल्लो समय गायिका प्रविशा अधिकारी निकै व्यस्त बनिरहेकी छिन् । धेरै चलचित्रकर्मी, गीतकार तथा संगीतकारको रोजाईमा परिरहेकी छिन्