अर्पणाको आवाजमा मर्मशिल गीत – ‘माथी चौतारीमा

गायिका अर्पणा श्रेष्ठको नयॉ गीत सार्बजनिक भएको छ । सचिन थापाको शब्द संगीतमा बनेको यो गीत पिडात्मक  छ । भिडियो गीत दुवै मर्मशिल छ । ‘माथी चौतारीमा कुरौला’ बोलको यो गीतमा जनमानसको जिब्रोमा नआउने अर्थात् भुलीसकेका शब्दहरु पनि परेका छन् । जस्ले गीतलाई गहन बनाएका छन् ।

भिडियो पनि संगीतकार गीतकार सचिन थापाकै निर्देशनमा बनेको छ ।सपना, एलेक्स, सचिन,कपिल र सिद्धार्थले अभिनय गरेको यों गीतलाई अर्जुन सापकोटाले छायांकन गरेका हुन् भने सिलन लम्सालले संपादन गरेका छन् । अर्पणाले भावमा डुबेर गायकी छिन् ।