कोरोना भाईरस सम्बन्धी सन्देश मुलक गीत सार्वजनिक

गीतकार अम्बिका गुरुगको मन फेरि एकपटक नेपाली जनतामा समर्पित भएको छ । विश्वव्यापी बनेको कोरोना भाईरस सम्बन्धी गीत बनाएर उनी फेरि समाज सेवामा जुटेकी छिन् । सन्देश मुलक गीत बनाएर आज आफ्नो नयॉ गीत सार्वजनिक गरेकी छिन् । गीतमा गरिव धनी सबैको कुरा समेटिएको छ । रोग सम्बन्धि चेतनामुलक सन्देश पनि गीतमा  छ । गीतमा रोगले पारेको असर र रोकथामबारे निकै मर्मशिल तरिकाले भनिएको छ ।

गीत सुन्दा निकै मार्मिक लाग्छ । संगीतकार दिपक शर्माको मिठो लयमा बनेको यो गीतमा उनले गन्धर्भ शैली अप्नाएका छन् नरेन्द्र वियोगीको संगीत संयोजन रहेको यो गीतमा भिडियो पनि गन्धर्भकै कथामा उनिएको छ । गन्धर्भ वर्ग सुचनाका प्रतिक भएकाले रोगको सुचना र चेतना पनि उनीहरु मार्फत दिनु निकै सान्दर्भिक  छ ।

राज खड्का ,सुरज अधिकारीको अभिनय रहेको यो गीतमा बिष्णु खड्काको संपादन , बिजय लामाको छायांकन र राज खड्काको निर्देशन रहेको छ । जनहित मा यसरी गीत लेख्नुलेगीतकार अम्बिका गुरुंगको पनि कति समबेदनशिल रहेछ भन्ने कुरा प्रमाणित भएको छ ।