दिलिपको गायन जोश तारिफ योग्य

टेलिभिजनको पर्दा र म्युजिक भिडियोमा रमाउदै आएका दिलिप श्रेष्ठ यदाकदा साथीहरु माझ गीत पनि गुनगुनाउथे । त्यतिवेला धेरैले गायक बन भनेर उक्साउथे । तर दिलिप वास्ता गर्दैन थिए । उनलाई पनि मनमा चाहि कहिले काही गाईदिउ की जस्तो भने लाग्थ्यो । स्वर ताल केहि नमिलेका गीतको भिडियो बनाउन उनका यदाकदा केहि गायक गायिका पुग्दा मन मनै सोच्थे- ‘यिनीहरुको भन्दा त मै राम्रो गाउछु बरु ! बित्था मा किन गायनमा आउन रहर गरेका होलान् ?’ तर टेलिभिजनको कार्यक्रम उत्पादन तथा निर्देशन गर्दा अनि म्युजिक भिडियोमा संक्रिय हुदा कहिल्यै गायक बन्ने जमर्को गरेनन् ।

कर्म गर्ने शिलशिलामा डेढ दशक अधि जपान पुगेपछि पनि सागीतिक माहौलमा पुग्दा गुनगुनाउने बाहेक गाउने काम कहिल्यै गरेनन् तर एक वर्ष अधि नेपाल आउदा भने उनलाई पनि गीत गाउने जोश चल्यो । अनि गायक संगीतकार गीतकार रर्यापर आदि धेरै कुरामा आफुलाई प्रमाणित गरिसकेका अराज केशब अनि त्यस्तै आर्का मल्टी ट्यालेन्ट मोहित मुनालसंग सहकार्य गर्दै एउटा गीत रेकर्ड गराए आफ्नै स्वरमा । अराजको शब्द संगीत अनि मोहितको संगीत संयोजन गरेको ‘सानु तिमी’ बोलको गीत उनलाई सुहाएको पनि छ । टाईममै गायनमा आएको भए राम्रै पहिचान बन्ने छनक पनि देखिएको छ । गीतको भिडियोमा बिक्रम भण्डारीको संपादन छ । निकै लामो समयदेखि संगीतसंग निकट रहेको परिणाम यो गीत जन्मिएको उनी बताउछन् । गीतको लिरिकल भिडियो यस्तो छ ।