‘फुलसरी माया फुल्यो’ म्युजिक भिडियो सार्वजनिक

गायक सुरज श्रेष्ठ र गंगा गजुमेरको स्वरमा ,फुलसरी माया फुल्यो, नामको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । शब्द रचना केदार खतिवडा र संगीतकार मानसी किरणको संगीत तथा संगीत संयोजन रहेको ‘फुलसरी माया फुल्यो’ बोलको गीतमा करुण श्रेष्ठ र शितल सिलुवालको उत्कृष्ट अभिनय देख्न सकिन्छ। म्युजिक भिडियोको निर्देशन तथा संपादन उत्तर मगरले गरेका हुन् ।

आधुनिक शैलीको यो गीतमा गायक गायिका मज्जाले खुलेर मिठो स्वर दिएका छन् । संगीतपक्ष पनि उत्कृष्ठ छ । चरिकोटका सुन्दर दृश्यमा मोडलहरुले पनि राम्रो कौशल देखाएका छन् । रेशम दर्लामीको छायांकन पनि तारिफ योग्य छ । रोमान्टिक शैलीको यो गीत सुन्दा मन चंगा हुन्छ ।