किरणले ल्याए कोभिड-१९ सम्बन्धी ‘सम्मान’ गीत

गीतकार संगीतकार गायक अनि चलचित्र लेखनमा आफुलाई दक्ष प्रमाणित गरिसकेका किरण माईकल अहिले फेरि गायनमा झुल्किएका छन् । यसपटक सिएल शर्माको संगीत र सुदिप आत्रयको शब्दमा आफ्नो नयॉ गीत ‘ सम्मान’ शिर्षकको गीत लिएर श्रोता समक्ष आएका छन् ।

गीतमा विश्व परिवेश कोभिड १९ को कारण आक्रान्त बनिरहेको परिवेश उठान गर्दै भाईरस बिरुद्ध अग्रमोर्चामा लडिरहेका डाक्टर , नर्स, सुरक्षाकर्मी र प्रशासकहरुप्रति सम्मान भाव प्रकट गरिंएको छ । पुस्कर सुनुवारको संगीत संयोजनमा तयार गरिंएको गीत निकै जोसिलो छ । जिवन शाहीको परिकल्पना र निर्देशनमा तयार भएको यो गीतमा नबिन निरौलाको संपादन रहेको छ ।