राखेप बोर्ड सदस्यमा थप ११ जना नियुक्त

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यमा थप ११ जना नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ९ जना र मन्त्री जगत विश्वकर्माको सिफारिसमा दुई जना गरी थप ११ जना बोर्ड सदस्यमा नियुक्त भएका हुन् ।

असार १८ गते लागु भएको राष्ट्रिय खेलकुद विकास ऐन अनुसार खेलकुदको विकासमा महत्वपूर्ण योगदान गरेका प्रतिष्ठित व्यक्ति, राष्ट्रिय तथा अन्तराष्ट्रिय पूर्व खेलाडीमध्ये सातै प्रदेशबाट प्रतिनिधित्व हुने गरी महिला, दलित, आदिवासी-जनजाती, खसआर्य, मधेसी, थारु, मस्लिम, पिछडिएको क्षेत्रको समेतबाट प्रतिनिधित्व हुने गरी कम्तीमा तीन महिला सहित सरकारले मनोनयन गर्ने व्यवस्था छ ।

त्यस्तै मनोनयन गर्दा कम्तीमा ५० प्रतिशत सदस्य राष्ट्रिय तथा अन्तराष्ट्रिय पूर्व खेलाडीमध्येबाट गर्नुपर्ने उल्लेख छ ।  सोही अनुसार मन्त्रीपरिषद्को सोमबारको बैठकले बोर्ड सदस्यको नियुक्त गरेको हो ।

सोमबार मन्त्रिपरिषद् बैठकले नियुक्त गरेका बोर्ड सदस्यमा फुटबलर हरी खड्का, मानदेव हजारा, पुरेन्द्र बिक्रम लाखे, राजेश गुरुङ, मोहमद सागिर शेख, नन्दा बस्याल, एकेन्द्र कुँवर, चन्द्रबदना राई, सुमित्रा चौधरी रहेका छन् । त्यस्तै परिषद् अध्यक्षको हैसियतमा मन्त्री विश्वकर्माको सिफारिसमा रेनुका श्रेष्ठ र सुवर्णा श्रेष्ठलाई नियुक्त गरेको हो