मिलन र राजनको ‘ताल्चा लगाउ’ सार्वजनिक

टिपिकल लिम्बु संस्कृतिमा आधारित गीतमा मिलन नेवार र राजनराज सिवाकोटी देखापरेका छन् ।शब्द संगीत राजनराजकै रहेको यो गीतमा मिलन र राजनको स्वर रहेको छ । अभिनयमा पनि दुवैको नेतृत्व देखिन्छ । सुहाएको पनि छ ।

लिम्बु संस्कृति झल्काउने गरि गीतको कथा उनिएको छ । हेर्दा रमाईलो र नाचु नाचु लाग्ने खालको गीत छ । राजेश पुमा राईको निर्देशन सुमन नेवारको कोरियोग्राफ़ी उत्सव दाहालको छायांकन विकास दाहालको संपादन रहेको गीत सबै कोणबाट राम्रो छ ।