गायक ध्रुव केसीको निधन

गायक धुव्र केसीको बिहीबार निधन भएको छ । भैंसेपाटीस्थित अर्किड केयर सेन्टरमा साँझ ४ : ४५ बजे उनको निधन भएको हो । २०/३० को दशकमा नेपाली संगीतमा उत्कृष्ट गीतहरू दिएका केसी  आधुनिक गायक हुन् । उनले ‘मायालु हजार हुन्छन्’, ‘नरोउ नरोउ साइली’, ‘अरु कालो रेलको धुँवाले’, ‘तिम्रो माया कागजको’ ‘सबैले भन्छन्’, ‘नचिनेको जस्तै तिमीले गर्न सकेको कसरी?’, ‘बगी जाने खोला’जस्ता गीतमा स्वर दिएका थिए ।

 

मायालु हजार हुन्छन्’ बोलको गीतले धुव्र केसीलाई चर्चाको शिखरमा पुर्‍याएको थियो । वि.सं २००२ साल मंसिर ३ गते पिता यज्ञबहादुर केसी र माता पदमकुमारी केसीको कोखबाट जेठो छोराको रुपमा उनले जन्म लिएका थिए । उनको परिवारमा तीन छोरी रहेका छन् । उनी नायक भुवन केसीका काका हुन् । केसी लामो समयदेखि पार्किन्सन रोगसँग लडिरहेका थिए। केसी पछिल्लो २ दिनदेखि अर्धचेत अवस्थामा थिए। करिव १० वर्ष अगाडिदेखि पार्किन्सन रोगसँग जुध्दै आएका केसी विगत तीन वर्षदेखि केयर सेन्टरमा विशेषज्ञ डाक्टर र स्वास्थ्य कर्मीको निगरानीमा थिए।