अरुणा लामाको सम्झनामा म्यूजिक भिडियो सार्वजनिक

‘हाँसी हाँसी जलिरहेको’ बोलको गीतको भिडियो स्वर्गीय अरुणा लामाको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको हो । स्व. गायिका अरुणा लामाको गीतलाई पुनः स्वरबद्ध गरेर नयाँ भिडियो सार्वजनिक गरिएको छ । गीतमा कबिता श्रेष्ठको स्वर, नरेन्द्र राज प्रसाइको शब्द र कुन्दन राज सुब्बाको संगीत रहेको छ ।  भिडियोमा शिल्पा पोखरेल, आयुश क्षेत्री (प्रिन्सेस) को अभिनय देख्न सकिन्छ । नवराज उप्रेतीको छायांकन, किरण गिरीको सम्पादन, श्रीकृष्ण श्रेष्ठको मोसन ग्राफिक्स, आयुष क्षेत्रीको निर्देशन रहेको भिडियोमा शिल्पा पोख्रेलले डुबेर अभिनय गरेकी छन् । भिडियोमा घरेलु हिंसामा नारीको मौनताभित्र रहेको पीडालाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।

गीतको निर्मात्री यमु शर्मा सुब्बा रहनुभएको छ । यस्तै भिडियोमा कथा पनि यमुकै रहेको छ । मेची महाकाली बुहारी संयुक्त आवाजकी अध्यक्ष समेत रहनुभएकी यमु नेपाली गीतसंगीतको क्षेत्रमा लामो समयदेखी सक्रिए हुनुहुन्छ । उहाँले लेखेका थुप्रै गीत सार्वजनिक छन् । अहिले सार्वजनिक गीतको भिडियोमा पनि यमुको अभिनय रहेको छ ।