रेस्लर युनिकाको गीतमा टिकटक प्रतिस्पर्धा

जी. बि. क्षेत्रीको शब्द तथा विकास चौधरीको संगीतमा भगवती खड्का युनिकाले स्वर दिएको गीत “हामी खस क्षेत्री ” गीतमा टिकटक प्रतिस्पर्धा हुने भएको छ । यसमा सहभागी भएर विजयी हुने प्रतियोगीलाई क्षेत्री दिवसको अवसर पारेर पुरस्कार समेत दिइनेछ । सहभागी हुन केहि नियम पनि बनाईएको छ ।

राष्ट्रिय पहिचान हुने गरि क्षेत्रीको भेषभुषा लगाउनु पर्नेछ । महिलाको हकमा फरिया चोलो पटुकी र पुरुषको हकमा सेतो दौरा सुरुवाल कालो जुत्ता ढाका टोपी लगाएको हुनुपर्ने छ । सहमागीहरूले आफ्नो टिकटक भिडियो हामी खस क्षेत्रीको फेसबुक मेसेन्जरमा पठाउनु पर्ने छ । यहि असोज २० गतेसम्म भिडियो आईपुग्नु पर्ने छ ।

प्रतियोगितामा सहमागी एक पुरुष र एक महिलालाई उत्कृष्ट घोषणा गरी प्रमाणपत्र सहित नगद रू ५हजार पनि प्रदान गर्ने कुरा बताईएको छ । साथै यो गीत र प्रतियोगीता सम्बन्धी सुचना सेयर गर्ने गराउनेलाई पनि उत्कृष्ठ घोषणा गरि दुई जानालाई नगद १ हजार प्रदान गरिने छ । बिजेता घोषणा यहि असोज २१ गते घोषणा गरिने छ ।