बुनुको ‘तिमी मेरो हुन सकेनौ’ सार्वजानिक

प्रेम वियोगले भरिएको गीत ‘तिमी मेरो हुन सकेनौ’को भिडियो सार्वजनिक गरिएको छ । गायिका बुनु श्रेष्ठको स्वर रहेको ‘तिमी मेरो हुन सकेनौ’मा नरेश प्रधानको शब्द  रहेको छ । संगीतकार दीपक शर्माको संगीत तथा रिदम कँडेलको संगीत संयोजन रहेको गीतमा वियोगान्त प्रेमकथामा तयार पारेको भिडियोमा निराजन प्रधान र करुणा श्रेष्ठको बेजोड अभिनय देख्न सकिन्छ ।

प्रेमीको मायामा लुटपुटीएकी प्रेमीकाले जन्मदिनमा प्रेमी आउने आशाले कुरेर बस्छिन् तर प्रेमी दुर्घटनामा परेको दृश्य मर्मस्पर्शी छ । दीपेन बस्नेत र सास्वत श्रेष्ठको छायांकन तथा मेरोन राजभण्डारीको सम्पादन रहेको भिडियो मनोज राजभण्डारीले निर्देशन गरेका हुन् ।