रेस्लर भगवती युनिकालाई हेम माया पुरस्कार

नेपाली कलाकारिता र खेलकुद क्षेत्रमा लामो समयदेखि योगदान दिदै आएकी भगवती खड्का युनिकालाई यस वर्षको हेम माया पुरस्कार प्रदान गरिएको छ । नगद ५० हजार सहित सम्मान पत्र सहित समान्नित भगवति यो पुरस्कारले निकै हौसला प्रदान गरेको बताउछिन् ।

युनिका संगै यो पुरस्कार यसपटक पत्रकार प्रकास सुवेदी , नायिका रेखा थापा र लोक गायक राजु परियारले पनि प्राप्त गरेका छन् । कोभिडको कारण कार्यक्रम आयोजना गरेर पुरस्कार दिन सकेकाले यसपटक पुरस्कृत कलाकर्मीको हातमै पुरस्कार पठाईएको आयोजक संस्था हेममाया प्रतिष्ठानले जनाएको छ ।